कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए पदबाट राजीनामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ श्रावण २०८३, शनिबार
1 Min Read
Aa

काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार दिउँसो बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

राजनीतिक समीकरण बदलिएसँगै स्पष्ट अल्पमतमा परेपछि र अविश्वासको प्रस्तावको सामना गरिरहेका बेला उनले कार्यकालको साढे तीन वर्ष–पश्चात राजीनामा दिएका हुन्।

- Advertisement -
Ad imageAd image

उनी २०८० चैत २७ गते पहिलो पटक तत्कालीन माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसपछि केन्द्रको फेरिएको राजनीतिक समीकरण अनुसार उनी नेपाली कांग्रेसको समेत समर्थनमा मुख्यमन्त्री पदमा निरन्तरता पाएका थिए।

तर, गत असार ३१ गते सत्ता साझेदार दल नेपाली कांग्रेसका चार मन्त्रीले एकसाथ राजीनामा दिएपछि उनको सरकार संकटमा परेको थियो। त्यसको भोलिपल्ट अर्थात् असार ३२ गते कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका १६ जना सांसदले मुख्यमन्त्री कँडेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

शनिबार दिउँसो ३ बजे सोही अविश्वासको प्रस्तावमाथि छलफल गर्न बोलाइएको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले राजीनामाको घोषणा गरेका हुन्।

बैठकमा सम्बोधनका क्रममा उनले विगतमा विभिन्न दलहरूसँग सहकार्य गर्दाका अनुभव तथा अनुभूतिहरू स्मरण गरेका थिए। केन्द्रको राजनीतिक परिस्थितिका कारण नै आफूले विभिन्न दलहरूसँग सहकार्य गर्नुपर्ने र संगत फेर्नुपर्ने अवस्था आएको उनले बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्