नेपाल नामिबियासँग आठ विकेटले पराजित, शीर्ष चारको यात्रा संकटमा !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ श्रावण २०८३, मंगलवार
2 Min Read
Aa

काठमाडौं – नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नामिबियासँग आठ विकेटको हार व्यहोरेको छ । यो हारसँगै शीर्ष चारमा रहँदै सिधै विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको सम्भावना कठिन बनेको छ ।

मंगलबार नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा नेपालले प्रस्तुत गरेको १५८ रनको लक्ष्य नामिबियाले ३७.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो ।

- Advertisement -
Ad imageAd image

नाबियाका लागि जान फ्राइलिंकले अविजित ७८ रनको योगदान गरे । उनले बलमा ८९ आठ चौका र एक छक्का प्रहार गरे । यसैगरी, माइकल भान लिंगनले ५१ रन बनाए । उनले ७९ बलमा सात चौका प्रहार गरे । जान निकोल लोफ्टी इटोनले अविजित १७ रन जोडे ।

फ्राइतिंकले दोस्रो विकेटका निम्ति लिंगनसँग ८७ तथा तेस्रो विकेटका लागि इटोनसँग ५२ रनको साझेदारी गरेका थिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ३१, दीपेन्द्रसिंह ऐरीले ३०, गुल्सनकुमार झाले २०, करण केसीले १८, आसिफ शेखले १६ र सोमपाल कामीले १५ रन बनाए ।

नामिबियाका जेजे स्मिथले सर्वाधिक ६ विकेट लिए । उनले ९.५ ओभर बलिङ गर्दै एक मेडनसहित २७ रन खर्चिए । यसैगरी, बर्नान्र्ड स्कोल्ट्ज र ज्याक ब्रासेलले दुई–दुई विकेट हात पारे ।

यो जितसँगै २९ खेलमा २४ अंक जोडेको नामिबिया छैटौँ स्थानमा उक्लिएको छ । पराजित नेपाल समान खेलबाट २४ अंकका साथ पाँचौँ स्थानमा कायम छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्