असार ३१ गते बुधबारको तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ असार २०८३, बुधबार
7 Min Read
Aa

आज मिति वि.सं.२०८३ साल असार ३१ गते । बुधबार । इस्वी सन् २०२६ जुलाई १५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । आषाढ शुक्लपक्षको प्रतिपदा तिथि । आज बिहान ५ बजेर १९ मिनेटमा काठमाडौँ उपत्यकामा झुल्किएको घाम साँझ ६ बजेर ५९ मिनेटमा अस्ताउनेछ । आज अपरान्ह ३ बजेर ३४ मिनेटदेखि बेलुकी ५ बजेर १७ मिनेटसम्म राहुकाल रहने हुनाले कुनैपनि शुभकार्य नगर्नुहुन अनुरोध छ ।

 

- Advertisement -
Ad imageAd image

आजको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– सेवामूलक कामबाट धनलाभ हुने समय छ । कर्मबल बढ्नेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । यात्राको अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । आफन्तको साथ मिल्नेछ । आर्थिक कठिनाइको सामना गर्नुपर्ने योग छ, सजग रहनुहोला । नियमित कार्यमा खासै रुचि नरहला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– प्रतिभाको कदर हुने र बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिने समय छ । दिगो आम्दानी हुने काम सुरु गर्ने अवसर जुर्ला । प्रतिष्ठित काम गरेर प्रशंसा प्राप्त गर्न सकिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । यात्रामा सफलता प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– भाग्योन्नतिको समय छ । ब्यवसायमा राम्रै लाभ हुनेछ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । परिस्थितिअनुसार चल्ने प्रयत्न गर्नुहोला । अरूको भर पर्दा धोका हुन सक्छ । मान्यजनसँग असमझदारी बढ्ने योग रहेकोले विशेष सतर्क रहनुहोला । चुनौतीका बाबजुद सहयोगीहरूले फाइदा दिलाउनेछन् । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– ठूलै प्रयत्न गर्दा पनि सामान्यमात्र लाभ मिल्ने समय छ । अरूको सुझावमा भर नपर्नुहोला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । कसैसँग सामान्य मनमुटाव पनि पर्न सक्छ । केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । आजको लाभांश सुरक्षित वा सञ्चय नहुने योग छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । कतै मानसम्मान मिल्ने सम्भावना छ । तथापि, आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सचेत रहनुहोला । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस हुनेछ । महत्वपूर्ण कार्यमा अरुको भर नपर्नु हितकर हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– सामाजिक काममा रुचि बढ्ने दिन छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । व्यवसायिक कामबाट फुर्सद मिल्ला । कतै अतिथिका रूपमा सत्कार मिल्ने देखिन्छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काम पुनः प्रयत्न गर्दा सफलता मिल्नेछ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– सरल जीवनशैलीले धेरैको मन लोभ्याउने समय छ । भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम सुरु गर्न सकिएला । आयआर्जन राम्रै हुने देखिन्छ । तथापि, विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, ध्यान राख्नुहोला । सरसापटमा धन खर्च हुने योग छ । धर्मकर्ममा आकर्षण बढ्नेछ । परिवारिक सुखले उत्साह जागृत गर्ने देखिन्छ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– मिश्रित फलदायी दिन छ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ, तर सोचेभन्दा कमै फाइदा मिल्ने योग छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्, होसियार रहनुहोला । श्रमको उचित मूल्य नमिल्न सक्छ । इर्ष्यालुजनले दुःख दिने सम्भावना रहेकोले सजग रही दैनन्दिन कार्यमा लागिपर्नु हितकर हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– आम्दानीमा सुधार आएपनि खर्च नियन्त्रणको प्रयत्न गर्नुपर्ने समय छ । मान र विद्या प्राप्त होला । विशेष उपहार प्राप्त हुनुका साथै धनलाभ हुने योग छ । तथापि, आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ, ख्याल राख्नुहोला । व्यापार–व्यवसायमा लाभ नै हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा हुनसक्ने देखिन्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । स्वास्थ्य केही कमजोर रहनाले जाँगरमा कमी आउने देखिन्छ । पठनपाठनमा समय दिन नसकिएला । नसोचेको ठाउँमा खर्च हुने योग छ । गीतसंगीत तथा रसरागात्मक काममा आकर्षण बढ्नेछ । आफन्तको साथ–सहयोग प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– केही प्रतिस्पर्धा गर्नुपरे पनि कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिने समय छ । कीर्तिमानी काम सम्पादन होला । तथापि, शत्रुहरूको चलखेल बढ्नाले चुनौतीको सामना गर्नपर्ने देखिन्छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुने योग छ । मिठो भोजन प्राप्ति र सुख वृद्धि हुनेछ । विपरीतलिंगीको साथ मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम क्रमशः सम्पादन हुनेछन् । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्