पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई पराजित गर्दै इजिप्ट प्रि-क्वाटरफ़ाइनलमा, ‘राउन्ड अफ १६’ मा अर्जेन्टिना र केप भर्डेबीचको विजेताको सामना गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० असार २०८३, शनिबार
1 Min Read
Aa

काठमाडौं – इजिप्ट पहिलोपटक फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै इजिप्टले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

पेनाल्टी सुटआउटमा अस्ट्रेलियाका ह्यारी साउटर र लुकास हेरिङ्टनले गोल गर्न असफल हुँदा इजिप्ट विजयी भयो । त्यसअघि खेलको १३औं मिनेटमा इमाम आशौरले गोल गर्दै इजिप्टलाई पहिलो अग्रता दिलाएका थिए । तर, खेलको ५५औं मिनेटमा इजिप्टका मोहम्मद हानीले हेडरमार्फत गरेको क्लिरेन्स आफ्नै गोलपोष्टमा छिर्दा अस्ट्रेलिया खेलमा फर्कियो ।

- Advertisement -
Ad image

निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । चौथोपटक विश्वकप खेलेको इजिप्ट पहिलोपटक अन्तिम १६ मा प्रवेश गरेको हो । यसअघि इजिप्ट समूह चरणबाटै बाहिरिँदै आएको थियो ।

इजिप्टले अब जुलाई ७ मा एटलान्टामा हुने ‘राउन्ड अफ १६’ को खेलमा साविक विजेता अर्जेन्टिना र केप भर्डेबीचको विजेताको सामना गर्नेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्