जेठ ३० गते शनिबारको तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० जेष्ठ २०८३, शनिबार
7 Min Read
Aa

आज मिति वि. सं.२०८३ साल जेठ ३० गते । शनिबार । इस्वी सन् २०२६ जुन १३ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ कृष्णपक्षको त्रयोदशी तिथि । आज बिहान ८ बजेर ३६ मिनेटदेखि बिहान १० बजेर २० मिनेटसम्म राहुकाल रहने हुनाले कुनै पनि शुभकार्य नगर्नु हुन अनुरोध छ । आज बिहान ५ बजेर ९ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ५८ मिनेटमा अस्ताउनेछ ।

आजको राशिफल

- Advertisement -
Ad image

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– प्रतिकुलताहरू चिर्दै अधिकार र प्रतिष्ठा जोगाउन सफल भइने समय छ । बिस्तारै कामहरु बन्न थाल्नेछन् । स्वास्थ्य पनि सबल रहनेछ । पढाइलेखाइ एवम् सिर्जनात्मक कार्यमा मन जाला । सवारीसाधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु उचित हुनेछ । व्यावसायिक काममा बाधा देखापरे पनि विवेकको सही प्रयोगले समस्याको समाधान मिल्नेछ । आफन्त एवम् मित्रजनको साथले उत्साह बढ्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– रोकिएको काम मेहनतले अघि बढ्ने समय छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्ला । धनलाभका साथै प्रेमको प्रसङ्ग सुखद रहने योग छ । जोश, जाँगर र उत्साह–उमंग देखापर्नेछ । आफूभन्दा विशिष्ट ब्यक्तिको सल्लाहअनुसार चल्ने प्रयत्न गर्नु उचित हुनेछ । आरोग्यबल बढ्नेछ भने शत्रुलाई जित्ने क्षमता अभिवृद्धि होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– कर्मबल वृद्धिका साथै आर्थिक क्षेत्रमा विशेष प्रगति हुने समय छ । परिवारमा खुशीको माहोल छाउला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ, प्रयासलाई जारी राख्नु लाभकारी होला । गरिआएको कामबाट विशेष उपलब्धि प्राप्त हुने तथा धनलाभको योग छ । प्रेमसम्बन्धमा समस्या देखापर्न सक्छ, सजग रहनुहोला । आर्थिक विकाससित सम्बन्धित कार्यमा भने सफलता मिल्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– केही चुनौतीयुक्त समय छ । स्वास्थ्य कमजोर बन्नुका साथै नियमित कार्यमा ढिलासुस्ती हुन सक्छ । नयाँ कामको थालनी पनि आजको दिन नगर्नु उचित होला । इच्छाविपरीत बाध्यताका काममा जुट्नुपर्ने सम्भावना छ । धेरै बोल्ने बानीले दुःख पाइएला, बोली र व्यवहारमा नियन्त्रण राख्ने प्रयास गर्नु हितकर होला । मित्रजनको साथले यात्रागत कार्य सार्थक बन्ने देखिन्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– अधुरा काम बन्ने तथा नयाँ काम पाइने समय छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा होला । नोकरीमा ब्यक्तिगत बर्चस्व बढाउन सकिनेछ । प्रतिस्पर्धाको दौडमा विजयी बनिएला । धर्मकर्ममा आकर्षण बढ्नेछ । समस्यामा आफन्तजन सहयोगी बन्नेछन् । लेखन–प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्ने र साझेदारीको काम बन्ने योग छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– आजको दिन सोचेअनुसार काम बन्न कठिन पर्ने देखिन्छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । भौतिक साधनको खराबीले लक्ष्यप्राप्तिमा बिघ्न पैदा गर्न सक्छ । अनपेक्षित रूपले खर्च बढ्ने योग छ । कामकै पछि लागे पनि नियमित कार्यमा अलमल बढ्ने देखिन्छ । बौद्धिक र रचनात्मक कार्यमा भने आंशिक सफलता प्राप्त होला । निकटका अफन्तजनको सहयोग प्राप्त हुनेछ । प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– आर्थिक पक्षमा सफलता मिल्नुका साथै आत्मीय मित्रसंगको भेटले मन रमाउने समय छ । रोकिएका कामहरु बन्न थाल्नाले उत्साह वृद्धि होला । बौद्धिक क्रियाकलाप वृद्धि र त्यसले लाभ दिलाउने देखिन्छ । सामथ्र्य वृद्धि र शत्रुपक्ष परास्त हुनेछ । सुख-सुविधाको वस्तुमा लगानी होला । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस हुनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– धैर्यधारण गरी परिश्रम गर्नेका लागि आजको दिन विशेष फलदायी रहनेछ । रमाइलो तरिकाले कामहरु गर्न पाइएला । रसरागमा आकर्षण बढ्नेछ । नसोचेको ठाउँबाट आर्थिक लाभ हुने योग छ । अधुरो काम सम्पन्न हुने देखिन्छ । धर्मिक कार्यमा संलग्न हुने अवसर जुर्ला । पैतृक सम्पतिबाट लाभ हुनुका साथै सन्तान पक्षबाट पनि सुख मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– मिश्रित फलदायी दिन छ । काममा बाधा दिनेले खासै प्रगति हुन दिने छैनन् । परिस्थितिसँग केही सम्झौता गर्नुपर्नेछ । जगिरमा पनि समस्या आउन सक्छ, सजग रहनुहोला । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । सन्तान पक्षबाट भने सुख र प्रेमभाव बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । विपरीतलिंगीको सहयोग मिल्ने योग छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– सहयोगको आशा देखाउनेले धोका दिन सक्ने सम्भावना रहेकोले आजको दिन विशेष सावधानी अपनाइ कार्य गर्नुहोला । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ तर केही विवादमा परिने योग छ । बोली र ब्यवहारमा संयमता राख्नु हितकर हुनेछ । जथाभावी खर्च नियन्त्रणको प्रयात्न गर्नुहोला । स्वास्थ्यका लागि खानपानमा विशेष सजग रहनुपर्नेछ । खर्च केही बढेपनि दिन मनोरञ्जनपूर्ण नै रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– यश-वर्चश्व बढ्ने र विरोधिले पनि तारिफ गर्ने समय छ । नयाँ कामको लागि नयाँ अवसर आउला । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरु सार्थक रहनेछन् भने दीगो फाइदा हुने काम सुरु हुन सक्छ । मनमा सही विचार आउनाले दिन उत्साहजनक रहनेछ । पराक्रम वृद्धि र पारिवारिक समस्याको समाधान हुने देखिन्छ । यात्रागत कार्य सार्थक रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– शुभदायी समय छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ भने नवीन रोजगारीको सम्भावना छ । बौद्धिक क्षेत्रमा सफलता प्राप्त होला । व्यापार र रोजगारीका क्षेत्रमा विशेष लाभ मिल्नेछ, यात्रागत कार्यमा भने जोगिएर काम गर्नु उचित होला । कतै आतिथ्यपूर्ण सम्मान पाइने योग छ । दाम्पत्यजीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्