आज मिति वि. सं. २०८३ जेठ २६ गते मंगलबार ई. सं. २०२६ जुन ९ नेपाल सम्बत ११४६ अनालागा नवमी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ कृष्ण नवमी, चन्द्रमा मीन राशिमा, पूर्वभाद्रपदा नक्षत्र, प्रीति योग, तैतिल करण । आज बिहान ५ बजेर ८ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर ५९ मिनेटमा अस्ताउनेछ ।
आजको राशिफल
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– प्रतिष्ठित काम सम्पादन गर्ने मौका जुर्नुका साथै वौद्धिक प्रतिस्पर्धामा विजयी भइने दिन छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । सन्तान वा अनुयायीले पनि प्रशन्नता दिलाउनेछन् । आर्थिक लाभ प्राप्तिको योग छ । सहयोगीहरूले साथ दिनेछन् भने प्रेमभाव बढ्नेछ । आरोग्यता रहनेछ । मित्रजनका साथ मिठो भोजन प्राप्त होला । साहसिक कर्ममा आकर्षण रहनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– रोकिएका काम सम्पादन हुनसक्ने दिन भएपनि बाध्यतापूर्ण कामको बोझ थपिन सक्छ । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनु हितकर होला । परोपकार र धार्मिक क्षेत्रमा मन लगाउनु उचित हुनेछ । कसैसँग सामान्य विवाद हुन सक्छ । सवारी साधनको प्रयोगमा आजको दिन विशेष सजगता अपनाउनुहोला । आरोग्यबल बढ्नुका साथै रसरागात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– परोपकारी कार्यमा मन जानुका साथै सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । ब्यस्तता बढ्नेछ तर महत्वाकांक्षी योजना फलीभूत हुनेछन् । काममा मातापिताको सहयोग प्राप्त हुनेछ । कतै लाभदायी यात्रा गर्नुछ भने उचित दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइएला । मित्रजनको साथ मिठो भोजन प्राप्त हुने योग छ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजताको अनुभूति होला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र नियमित काममा पनि फाइदाको योग छ । उद्यम–परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आफूभन्दा वरिष्ठ व्यक्तित्वको साथ–सहयोग प्राप्त हुने योग छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– दिन शुभदायी एवम् उत्साहपूर्ण रहला । प्रतिभाको कदर हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले सकारात्मक प्रभाव पार्न सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कार्यमा गरिएको प्रयासको ठोस परिणाम देखापर्नेछ । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुने देखिन्छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । कुनैपनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्य सार्थक रहनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– परिस्थितिले अप्ठ्यारो सिर्जना गरेपनि हिम्मतले काम लिन सकिने समय छ । स्वास्थ्य केही प्रतिकूल रहे पनि नयाँ काम र जिम्मेवारी हातपार्ने मौका जुर्ला । आर्थिक पक्ष सबल छ । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा केही समय खर्च हुनसक्छ । सुख–सुविधाको वस्तु खरिदमा खर्च बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– केही चुनौतीको अवस्था ब्यहोर्नुपरे पनि आजको दिन मनोरञ्जनपूर्ण रहने देखिन्छ । सानातिना घरेलु कार्यमा ज्यादा समय व्यतीत भएपनि त्यसबाट लाभ नै मिल्नेछ । पारिवारिक सुख मिल्नुका साथै आफन्त एवम् मित्रजनको साथ प्राप्त हुने योग छ । लेखन सिर्जनामा मन जाला । सन्तान पक्षको प्रगतिको खबर सुन्न पाइनेछ । इष्टमित्र सहयोगी बनेर देखापर्लान् ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– आजको दिन उतारचढावयुक्त रहने देखिन्छ । व्यवसायमा ठिकै छ, सामान्य आम्दानी भइरहनेछ । अप्ठ्यारा परिस्थितिको सामना गर्नुपरे पनि आर्थिक पक्ष सुदृढ रहनेछ । यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । अनावश्यक यात्रा नगर्नु उचित हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा भने विजय प्राप्त हुने योग छ । हितैषी ठानिएको व्यक्तिको व्यवहारले आशङ्का जन्माउन सक्छ, ध्यान राख्नुहोला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– परोपकार तथा सामाजिक कार्यमा आकर्षण बढ्ने समय छ । बौद्धिकता तथा रचनात्मकता बढ्ला । व्यावसायिक यात्राको सम्भावना छ, तर अनावश्यक यात्राबाट जोगिनु उचित हुनेछ । इष्टमित्रकहाँ आतिथ्यपूर्ण सम्मान पाइनेछ । पतिपत्नीमा अविश्वासको अवस्था पैदा भएपनि प्रेम सम्बन्ध कसिने योग छ । नियमित कार्यमा पारिवारिक सहयोग रहनेछ । पराक्रम बढ्नाले समस्याको समाधान प्राप्त हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– कर्मबल वृद्धि हुनुका साथै भूमि तथा मातृधनबाट लाभ लिने समय छ । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्ने योग रहेकोले आजको दिन बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । सकभर मौन रहने प्रयास गर्नुहोला । नसोचेको स्थानबाट धनागमनको संकेत छ । रसरागमा आकर्षण रहनेछ । समष्टिगत रूपमा आजको समय अनुकुल नै रहने देखिन्छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– लामो समयदेखि रोकिएको काम बन्ने र गरिआएका काम तथा व्यापार–व्यवसायमा राम्रै फाइदा हुने समय छ । उत्साह र उमङ्गको अनुभूति होला । स्वअधिकार सुरक्षा गर्न जुट्नुपर्ने देखिन्छ, तर शत्रुमाथि विजय प्राप्त हुनेछ । शोख पूरा गर्नमा केही खर्च बढ्न सक्छ । स्वास्थ्य सबल रहनेछ । पारिवारिक वातावरण अनुकूल रहनाले उत्साह बढ्नेछ । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– शत्रु र रोगबाट छुटकारा मिल्ने एवम् मुद्दा–मामिलामा विजयी भइने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नसक्ने देखिन्छ । सामाजिक कार्यले प्रतिष्ठा दिलाउने योग छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । धैर्यले काम लिने प्रयास गरे प्रगतिको दर बढ्नेछ । यात्रागत कार्य सार्थक रहनेछ । साथीभाइ सहयोगी बनेर देखापर्लान् । समयको सदुपयोग गरी मौकाको फाइदा लिने प्रयास गर्नुहोला ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्