जेठ १७ गते आईतबारको तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ जेष्ठ २०८३, आईतवार
7 Min Read
Aa

आज मिति वि.सं.२०८३ साल जेठ १७ गते । आईतबार । इस्वी सन् २०२६ मे ३१ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ शुक्लपक्षको पूर्णिमा तिथि । बेलुकी ५ बजेर १० मिनेटदेखि बेलुकी ६ बजेर ५३ मिनेटसम्म राहुकाल रहने हुनाले कुनै पनि शुभकार्य नगर्न अनुरोध छ । आज बिहान ५ बजेर ११ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ५२ मिनेटमा अस्ताउनेछ ।

 

- Advertisement -
Ad image

आजको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्ने दिन छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि होला । मित्रजनले प्रशंसा गर्नेछन्, नसोचेको सम्मान मिल्ने देखिन्छ । कला क्षेत्रमा रुचि बढ्नेछ । प्रेमभाव र आरोग्यबल वृद्धि हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । साहसिक कार्यमा विशेष आकर्षण रहनेछ । जागिरमा भने अनावश्यक झमेलाको सामना गर्नुपर्ने योग छ, सजग रही कार्य–व्यवहार गर्नुहोला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– अल्झेको काम सुल्झने र नयाँ सोच–विचार पैदा हुने समय छ । नियमित कार्यबोझबाट फुर्सद मिलेको अनुभूति हुनुका साथै मनमा प्रशन्नता छाउला । मित्र एवम् आफन्तजनसँगको भेटघाटले उत्साह जगाउनेछ । धनलाभको योग छ । खर्च पनि केही वृद्धि हुने देखिन्छ । अध्ययन कार्यमा खासै मन नजाला । प्रतिष्पर्धी परास्त हुनेछन् ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– अधुरा कार्यले पूर्णता पाउनुका साथै नयाँ कामको शुरुवात हुनसक्ने समय छ । व्यवसायमा थप लगानी बढाउन सकिएला । वैदेशिक तथा ब्यापारिक कामकाजमा विशेष फाइदा मिल्ने योग छ । आलोचकहरू नै प्रशंसामा उत्रिएलान् । रुचिका विषयमा लगानी बढाउन उचित बेला छ । पराक्रम बढ्नेछ । गीतसंगीत, रसरागात्मक क्रियाकलापमा विशेष आकर्षण रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– आजको दिन केही चुनौतीयुक्त रहला । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुनसक्छ । स्वास्थ्य कमजोर रहनाले नियमित कार्यमा असर पर्न सक्छ । चोटपटकको योग रहेकोले हातहतियार, सवारीसाधन आदिको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । निको भएको स्वास्थ्य–समस्याले पुनः सताउन सक्छ, ख्याल राख्नुहोला । शत्रुपक्षलाई परास्त गर्न सकिनेछ । प्रतिकुलताका बाबजुद दायित्व निर्वाहमा सफलता मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– विभिन्न अवसरले पछ्याउने समय छ । तपाईंको लगनशीलता र इमान्दारिताको प्रशंसा गर्नेहरु भेटिनेछन् । महत्वपूर्ण कामहरू बन्नाले मनमा शान्ति छाउनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्ताव मिल्ने सम्भावना छ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुर्ला । आरोग्यबल बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– आम्दानी वृद्धि तथा आर्थिक क्षेत्रमा राम्रो लाभ हुने समय छ । ब्यापार, कृषि, तथा वैदेशिक क्षेत्रमा क्रियाशीलताको दृष्टिले दिन एकदमै राम्रो देखिन्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा समय ब्यतीत होला । मित्रजनका साथ मिष्ठान्न भोजन मिल्नेछ । अरुको विश्वास सजिलै जित्न सकिएला । लेखन तथा प्रकाशनसित सम्बन्धित काममा पनि विशेष सफलता मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– आजको दिन सुखद नै रहने देखिन्छ । व्यापार–व्यवसायमा सुधार आउनेछ भने मनमा रहेको डर हटेर नियमित कार्यमा उत्साह बढ्नेछ । यात्रागत कार्य लाभदायी रहला । सन्तान पक्षबाट पनि सुख पाइनेछ । पठनपाठन सामान्य रहला । खेलकूद तथा मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– केही चुनौतीयुक्त समय छ । स्वास्थ्य कमजोर रहेको आभास हुनुका साथै नियमित कार्यमा विकर्षण बढ्न सक्छ । नसोचेको ठाउँमा धन खर्च हुने सम्भावना छ । फजुल खर्च नियन्त्रणका लागि आर्थिक व्यवहारमा विशेष सोचसमझ अपनाउनु उचित हुनेछ । धेरै श्रम गरे पनि कामको कम मूल्याङ्कन हुनसक्छ । आजको दिन मान्यजनको सुझाव पनि अप्रिय लाग्न सक्छ । हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– समय अनुकुल रहेपनि नयाँ तथा दीर्घकालीन योजना बनाउन आजको दिन उचित सावित नहुन सक्छ । कुरा काट्नेहरूको सक्रियता बढ्नेछ । स्वास्थ्य केही कमजोर रहन सक्छ, जसकारण दैनिकीमा असर पर्न सक्छ । आफन्तजन सहयोगी बनेर देखापर्लान् । सामाजिक कार्य एवम् धर्मकर्ममा आकर्षण बढ्नेछ । बौद्धिकता तथा रचनात्मकता बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– दीगो फाइदा हुने काममा लगानी बढाउन सकिने समय छ । आजको दिन खर्चको तुलनामा कमाइ नै बढी हुने योग छ । छरछिमेक एवम् मित्रमण्डलीबाट सरसहयोग प्राप्त होला । व्यापारिक कर्मबाट विशेष फाइदा मिल्नेछ । सोच्ने शक्ति बढ्नेछ । कुरा काट्नेहरु नै प्रशंसा गर्न थाल्नेछन् । सकारात्मक कार्यका लागि ब्यस्तता बढ्नेछ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुने देखिन्छ । परिश्रमले धेरै काम बन्नेछन् भने धनार्जनको योग छ । थालेका कामहरु सहजै बन्न सक्छन् । पारिवारिक सहयोगबाट चिताएको काम सहजै बन्ला । आरोग्यबल बढ्नेछ । विपरीतलिंगी मित्रको विशेष साथ–सहयोग रहनेछ । बौद्धिक तथा रचनात्मक काममा आकर्षण रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– सोचाइको विपरीत परिणाम प्राप्त हुने समय छ । कुनै महत्वपूर्ण कामको शुरुवात गर्दै हुनुहुन्छ भने थाती राख्नु उचित हुनेछ । आजको दिन आगो, पानी, हातहतियार जस्ता बस्तुप्रति विशेष सावधान रहनु हितकर हुनेछ । आलोचकहरु कुरा काट्नेहरु सक्रिय रहन सक्छन्, संयमपूर्ण व्यवहार गर्नुहोला । आर्थिक समस्या निम्तनुका साथै पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । मित्रजनका बीच पनि ब्यर्थको विवादको सम्भावना रहेकोले व्यवहारमा संयमताको दरकार छ । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्