वि.सं. २०८३ साल जेठ ०९ गते । शनिबार । इस्वी सन् २०२६ मे २३ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ शुक्लपक्ष सप्तमी तिथि । बिहान ८ बजेर ३७ मिनेटदेखि बिहान १० बजेर १९ मिनेटसम्म राहुकाल रहने हुनाले शुभ कार्य गर्न नहुने । आज बिहान बिहान ५ बजेर १३ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ४८ मिनेटमा अस्ताउने छ ।
आजको राशिफल
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– समय खासै राम्रो छैन । पेशागत कार्यमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिने योग रहेकोले बोली र व्यवहारमा विशेष सजगता अपनाउनु हितकर होला । मनमा अनावश्यक डर पैदा हुन सक्छ । आरोग्यता रहनेछ । समस्यामा निकट मित्रजन सहयोगी बनेर देखापर्न सक्छन् । आर्थिक ब्यवहारमा सफलता मिल्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– सामाजिक कामबाट प्रशंसा प्राप्त हुने दिन छ । स्वास्थ्य केही कमजोर रहेपनि नाता–कुटुम्बका काममा सघाउनुपर्ने देखिन्छ । कुनै खास सवालमा मन दुविधाग्रस्त रहला, विवेकको सही प्रयोग गरी ठोस निर्णयमा पुग्ने प्रयास गर्नु हितकर हुनेछ । सामाजिक काममा नाम रहनेछ । ब्यापार तथा जागीरमा दिन ठिकै छ । नयाँ कामको सुरुवात भने खासै राम्रो छैन । आफन्तको साथ मिल्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– सुखद एवम् शुभदायी समय छ । नजिकका मित्रजनबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । खुसीको खबर प्राप्त हुने योग छ । चल-अचल सम्पत्तिको कारोबार हुन सक्छ, जसबाट तपाईंलाई लाभ नै हुने देखिन्छ । वैवाहिक जीवन सुखद रहला । रमाइलो यात्राको सम्भावना छ । खेलकुद एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– पराक्रम वृद्धि हुनुका साथै अल्झेका कामहरू मित्रजनको सहयोगमा बन्ने समय छ । परिश्रमअनुसार राम्रै उपलब्धि हुने देखिन्छ । दैनिक एवम् व्यवसायिक कामहरू सन्तोषजनक नै सम्पन्न हुनेछन् । सुखद यात्रा र अप्रत्याशित लाभको योग छ । रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । आरोग्यबल वृद्धि हुनेछ भने मिष्ठान्न भोजनको आनन्द लिन पाइएला । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता होला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– आजको दिन खर्च र विवाद बढ्न सक्छ, विरोधीपक्षले सताउन सक्छ, एकदमै सजक रहनुहोला । सबल स्वास्थ्यका लागि खानपानमा ध्यान दिनु हितकर हुनेछ । फजुल खर्च घटाउनका लागि आर्थिक व्यवहारमा होस राख्नुहोला । मित्रजनका साथ रमाइलो भ्रमण हुनसक्ने योग छ । बौद्धिक क्रियाकलपमा सकारात्मक सक्रियता बढ्ने योग छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुने समय छ । रोकिएका काम पनि बन्नाले आर्थिक पक्ष सबल रहला । प्रतिभा देखाएर प्रशंसा हासिल हुने योग छ । मुद्दा–मामिलामा विजयी भइनेछ भने धनलाभ पनि हुने देखिन्छ । आरोग्यबल वृद्धि होला । समग्रमा दिन खुशीसाथ बित्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– आर्थिक क्रियाकलाप तथा आयआर्जनको दृष्टिले शुभदायी समय छ । धनप्राप्तिका साथै मनपरेका पाहुनाको आगमनले मन हर्षित रहला । आफन्तमिलनले सुख दिनेछ । केही नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि सम्भावना छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– हाँसखेल, रमाइलो भ्रमण तथा मनोरञ्जनमा ज्यादा समय बित्ने दिन छ । नियमित कार्य पनि सजिलैसँग निर्वाह हुनेछ । ब्यापारबाट सामान्य नाफा होला । रमणीय र सुखद यात्राको योग छ । नयाँ काम पाउने, नसोचेको ठाउँबाट अर्थलाभ हुने देखिन्छ । कृषिकर्मबाट विशेष लाभ हुनेछ । समस्याको समाधान प्राप्त भइ परिवारिक सुख बढ्नेछ । दिन उत्साहपूर्ण रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– आजको दिन स्वास्थ्यमा गडबडीकोे सम्भावना छ, खानपानमा विशेष सजक रहनुहोला । धनमाल हराएर मनमा पीडा थपिन सक्छ, सजक रहनु उचित हुनेछ । हरेक कार्यमा अरूको भरपर्दा काममा धोका हुन सक्छ । यात्रागत कार्यमा निस्कँदै हुनुहन्छ भने थाती राख्नु उचित हुनेछ । व्यर्थको खर्चबाट जोगिन आर्थिक व्यवहारमा अत्यन्त सजगताको खाँचो छ । धर्मकर्ममा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– मिश्रित फलदायी समय छ । नियमित कार्यमा कठिनाइ आइपर्ने र बन्न लागेको काम पनि बिग्रन सक्ने देखिन्छ । आजको दिन रुपैयाँपैसाको लेनदेन नगर्नु हितकर होला । मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । प्रतिकुलताका बाबजुद सामथ्र्य वृद्धि भइ शत्रुपक्ष परास्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– आजको दिन सरल ढंगले कामहरू बन्नाले सुखको अनुभव हुनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन् भने खर्चभन्दा कमाई नै बढी हुने देखिन्छ । पठनपाठन कार्यमा मन जानेछ । सन्तानपक्षबाट खुशीको समाचार सुन्न पाइएला । प्रेमभाव वृद्धिका साथ दाम्पत्यसुख बढ्नेछ । साहसिक काममा विशेष आकर्षण रहला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– नियमित काममा जोश र जाँगर बढ्ने समय छ । कामहरू सजिलैसँग बन्नेछन् भने नयाँ कार्ययोजना अघि बढ्न सक्छ । आर्थिक लाभको योग छ । अध्ययन तथा अध्यापन कार्यमा सफलता मिल्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा विशेष आकर्षण रहला । प्रेमभाव वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । कार्यगति बढ्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्