काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्स गुजरात टाइटन्ससँग ८९ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। चेन्नई जारी सिजन लिगचरणबाटै बाहिरिने तेस्रो टोली बनेको छ।
आईपीएलको जारी संस्करणमा अब केवल चार खेल मात्र बाँकी छन्। बिहीबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा गुजरात टाइटन्सले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको चेन्नई १३.४ ओभरमै १ सय ४० रन बनाउँदा अलआउट भयो।
चेन्नईले १४ खेलमध्ये ६ मा जित निकाल्दै १२ अंक जोडेको छ। जितपछि गुजरताले अंक तालिकाको दोस्रो स्थानमा राख्न सफल भयो। टोलीको १४ खेलबाट ९ जितसहित १८ अंक पुर्याएको छ। अब ठुलो उलटपुलट भएमात्र गुजरात शीर्ष २ बाट बाहिर पुग्नेछ। आजको खेलमा हैदराबादले बेंगलोरुमाथि फराकिलो जित निकालेमा मात्र गुजरात ‘क्लालिफायर’ दौडबाट बाहिरिने छ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २९ रनको उच्च स्कोर बनाएको थियो। उसका लागि साइ सुदर्शनले ८४ रन बनाउँदा शुभमन गिलले ६४ रन बनाए। त्यस्तै जट्ठ बटलर ५७ रनमा अविजित रहेका थिए।
जवाफमा चेन्नईका कुनैपनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् शिवंम् दुवेले ४७ रन बनाउनु सर्वाधिक रह्यो। चेन्नइलाइ सस्तैमा समेट्ने क्रममा मोहम्मद सिराज, कागिसो रबडा र रसिद खानले समान ३-३ विकेट लिएका थिए।


प्रतिक्रिया दिनुहोस्