युएईविरुद्ध नेपालको ८ विकेटको सहज जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ बैशाख २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौं – दुई खेलको टी–२० आई सिरिज बराबरीमा सकिएको छ। भर्खरै सम्पन्न दोस्रो खेलमा नेपालले यूएईलाई ८ विकेटले हराउँदै सिरिज बराबरी गरेको हो। हिजो (सोमबार) नेपाल ६ विकेटले पराजित भएको थियो।

१२९ रनको लक्ष्य पछ्याएको नेपालको जितमा ओपनर कुशल भुर्तेलले सानदार ब्याटिङ गरे। उनी ८४ रनमा अविजित रहे। ५७ बल खेलेका उनले १२ चौका र २ छक्का प्रहार गरे। यस्तै, दीपेन्द्र सिंह ऐरी २३ रनमा अविजित रहँदा कुशल मल्लले १९ रन जोडे।

- Advertisement -
Ad image

बलिङतर्फ यूएईका निलान्स केशवानी र मुहम्मद अर्फानले एक–एक विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर बहिले ब्याटिङ थालेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर १२८ रन जोड्यो।

अक्षदीप नाथले अर्धशतकीय पारी खेल्दै टोलीको लक्ष्य केही उकासे। उनी ५३ रनमा अविजित रहे। यस्तै, मुहम्मद अर्फानले ३२ तथा अदीव उस्मानीले ३० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन तथा लागि हेमन्त धामीले दुई विकेट लिए भने नन्दन यादव र साहब आलमले एक–एक सफलता हात पारे।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्