इरानले अमेरिकासँग सम्झौता नगरे पूरै सभ्यता आज राति नष्ट हुने ट्रम्पको चेतावनी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ चैत्र २०८२, मंगलवार
1 Min Read
Aa
President Donald Trump speaks with the media before boarding Air Force One, Monday, March 23, 2026, at Palm Beach International Airport in West Palm Beach, Fla. (AP Photo/Mark Schiefelbein)

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न तयार नभए पुरै सभ्यता आजै राति नष्ट हुने चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसियलमा पोस्ट गर्दै चेतावनी दिएका छन्,’पूरै सभ्यता आज राति नष्ट हुनेछ, जुन फेरि कहिल्यै फर्किने छैन । म यस्तो होस भन्ने चाहन्न, तर सम्भवतः त्यस्तै हुनेछ।’

- Advertisement -
Ad image

उनले इरानलाई समाप्त पार्न चाहेको सन्देश दिँदै यस्तो लेखेको हुन् । उनले भनेका छन्, ‘तर, अब पूर्ण र सम्पूर्ण शासन परिवर्तन भइसकेपछि, जहाँ फरक, बुद्धिमान र कम उग्र विचार भएका मानिसहरू हावी हुनेछन्, सायद केही क्रान्तिकारी रूपमा अद्भुत कुरा हुन सक्छ । कसलाई थाहा ? हामी आज राति थाहा पाउनेछौं यो विश्वको लामो र जटिल इतिहासको सबैभन्दा महत्वपूर्ण क्षणमध्ये एक हो । ४७ वर्षको जबर्जस्ती, भ्रष्टाचार र मृत्यु अन्ततः समाप्त हुनेछ। भगवान् इरानका महान जनतालाई आशीर्वाद दिनुहोस् ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्