आज मिति वि. सं. २०८२ चैत ०१ गते आईतबार ई. सं. २०२६ मार्च १५ नेपाल सम्बत ११४६ चिल्लागा एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत कृष्ण एकादशी , चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, परिधि योग, बालव करण एवं विश्व उपभोक्ता अधिकार दिवस । आज बिहान ६ बजेर १६ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर १२ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– समय त्यति राम्रो नभएकोले आजको दिन बाध्यतापूर्ण काममै बित्न सक्छ । सोचेअनुसार काम बन्न कठिन छ । ब्यापार ब्यवसायमा घाटा बेहोर्नुपर्ला, सावधान रहनुहोला । गलत विचार बढ्ने सम्भावना छ । महत्वपूर्ण कामका लागि समयमै सही निर्णय गर्न नसक्दा पछि परिनेछ । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । सोच्दैनसोचेको ठाउमा धन खर्च हुने योग छ । प्रतिकुलताका बाबजुद धर्मकर्ममा आकर्षण बढ्नेछ । परिवारजनको साथले उत्साह जगाउला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– पारिवारिक सुखशान्ति बढ्नुको साथै विशेष योजनाले गति लिने समय छ । नोकरीमा जाँगर नचलेपनि व्यापार-व्यवसायमा सफलताले मन रमाउन सक्छ । राम्रैसँग धन आर्जनको अवसर जुर्ने योग छ । विशेष सभा-समारोहमा सहभागी बन्ने र मान-सम्मान मिल्ने देखिन्छ । आरोग्यबल वृद्धि होला । रसरागमा आकर्षण रहनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– आजको दिन ठूला व्यक्तिको आशा र भरोसा तपाईंप्रति रहला । व्यापारमा लाभ मिल्ने समय छ । बोलीकै भरमा धेरै कामहरु सहज हुनेछन् । धार्मिक काममा मन जानेछ । नियमित काममा पनि उत्साह जागृत होला । पराक्रम वृद्धि र धनलाभको योग छ । साथीभाइ र आफन्तजनको पनि सहयोग मिल्नेछ । यात्रागत कार्य सार्थक रहला । समग्रमा दिन रमाइलो रहनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– परिश्रमले लक्ष्य पूरा गर्न सकिने समय भएपनि दिन चुनौतीयुक्त छ । स्वास्थ्य केही कमजोर रहनसक्छ, सबल स्वाास्थ्यका लागि खानपानमा होस राख्नु उचित हुनेछ । नोकरी र राजनीतिमा केही अप्ठ्याराको सामना गर्नुपर्नेछ । सोच्दैनसोचेको ठाउँमा खर्च हुनसक्ने योग छ । मित्रजनको साथ–सहयोग रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुलाई जित्ने सामथ्र्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– शुभदायी दिन छ । अधुरा काम बनी मन हर्षित रहला । आम्दानी बढ्नेछ भने नयाँ योजनाहरु पनि सिर्जना हुने समय छ । परिश्रमको माध्यमबाट अरुको विश्वास जित्न सकिनेछ । पठनपाठनमा पनि प्रगति हुनेछ । आर्थिक एवम् समाजिक लाभ मिल्ने योग छ । दाम्पत्यसुख बढ्नेछ । बौद्धिक र रचनात्मक काममा विशेष सफलताका साथै पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तजनको साथले उत्साह बढाउला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– दिन मनोरञ्जनपूर्ण रहनेछ । भौतिक साधन जुट्नेछन् भने मित्रजनको साथ–सहयोग पनि रहनेछ । आश मारेको धन पनि प्रयास गर्दा उठ्नसक्ने योग छ । प्रेमजीवन उल्लासमय रहनेछ । कामको इच्छाशक्ति बढ्नेछ । रमाइलो यात्रा पनि होला । कामहरु सजिलैसँग बन्नेछन् । आरोग्यबल वृद्धि हुनेछ । बौद्धिकताको बलमा जस्तोसुकै समस्याको समाधान मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– पराक्रमी कार्यमा मन जाने र सफलता पनि मिल्ने दिन छ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्ला । आँटेगरेका काम पूरा हुनुका साथै धन लाभ हुने देखिन्छ । कमाइ वृद्धि हुनाले सुख बढ्ला । ब्यापारमा सामान्य लाभ नै हुने देखिन्छ । विगतको श्रमबाट पनि धनलाभ हुनेछ । मिष्ठान्न भोजनको आनन्द मिल्नेछ । सुख–सुविधाको वस्तु खरिदमा खर्च बढ्न सक्छ, योजना र बजेट बनाइ कार्य गर्नु बेस हुनेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– दिन केही चुनौतीयुक्त रहला । इर्ष्या गर्नेहरू सक्रिय रहनेछन् । छरछिमेकमा विवाद वा झैझमेला पर्न सक्छ, सजगता अपनाउनुहोला । बोली र ब्यवहारमा संयमता अपनाउन सके अनिष्ट टर्नेछ । समयमा निर्णय नहुँदा महत्वपूर्ण अवसर फुत्कन सक्छ । सन्तान पक्षबाट सुख बढ्ला । रसरागमा आकर्षण बढ्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– कर्मबल एवम् भाग्य वृद्धि हुनेछ । गरेका कामबाट राम्रै लाभ मिल्ने समय छ । यात्राको लागि पनि आजको दिन राम्रो छ । मित्रजनहरूसँगको भेटघाटका कारण यात्रा पनि रमाइलो रहला । ब्यापार-व्यवसायमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । रोकिएका कामहरु बन्नेछन् । धनलाभको योग छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– सामाजिक कार्यमा मन जाने समय छ । विविध लाभ पनि होला । नयाँ मित्रको आगमनले मन प्रशन्न हुनेछ । व्यावसायिक यात्राको सम्भावना छ । धनको लाभ पनि होला । केही खर्च लागे पनि सोचेको काम बन्ने योग छ । तथापि, सन्तानबाट खोजेजस्तो सहयोग नपाउँदा केही पीडा हुन सक्छ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । विभिन्न अवसरले पछ्याउने समय छ । नयाँ काम पाउने र आय वृद्धि हुने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाढि बढ्न सकिनेछ । यात्रागत कार्य सार्थक रहला । परिवारजनको साथ र हौसला मिल्नेछ । गीतसंगीत र रसरागात्मक क्रियाकलापमा विशेष आकर्षण रहला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– बन्न लागेको पनि बिग्रन सक्ने समय रहेकोले आजको दिन विशेष योजना गोप्य राख्नुहोला । घरेलु समस्याले सताउन सक्छ । नियमित काममा पनि अवरोध आउने सम्भावना छ । प्रतिकुलताका बाबजुद आत्मविश्वासमा कमी आउने छैन । मित्रजनहरू र खासगरी विपरीतलिंगीको साथ रहने छ । मिठो भोजन प्राप्ति र मनोरञ्जनात्मक क्रियाकलापमा मन जाने देखिन्छ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्