भारतीय तीर्थालु बोकेको माइक्रो बस भीरमा खस्यो, ७ जनाले ज्यान गुमाए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० फाल्गुन २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं – गोरखाको मनकामना पुगेर फर्किएको भारतीय तीर्थालु बोकेको माइक्रो बस भीरमा खसेर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कान्टारमा उक्त माइक्रोबस सडकबाट करिब दुई सय मिटर तल भीरमा खसेको हो । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबसमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनास्थलमै ६ जनाको ज्यान गएको थियो भने घाइते अवस्थामा उद्धार गरिएकामध्ये थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ। अन्य ७ जना घाइतेको भने उद्धार गरेर उपचारका लागि पठाइएको जनाइएको छ।

- Advertisement -
Ad image

दुर्घटनापछि स्थानीय बासिन्दा र प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको छ। भीरालो भूभागका कारण उद्धार कार्य केही कठिन भएको बताइएको छ। दुर्घटनाको कारण र मृतक तथा घाइतेको पहिचानबारे विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्