सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंहसँग कांग्रेस सभापति थापा पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ फाल्गुन २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । केहीबेरअघि सम्पन्न मतगणनामा सिंहले ३५ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सभापति गगन थापाले २२ हजार ८३१ मत ल्याए ।

यो जितसँगै अमरेशसिंहले ह्याट्रिक पनि पूरा गरे भने गगन थापाको पहिलो हार हो । ०६४ सालको निर्वाचनमा समानुपातिक सांसद बनेका थापाले काठमाडौं ४ मा ह्याट्रिक जित पूरा गरेका थिए । यसपटक मधेश झरेर चुनाव लडेका थापाले हार बेहोरे ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्