बालेनलाई बधाई दिँदै ओलीले भने: पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ फाल्गुन २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं – झापा-५ मा आफूलाई हराउँदै प्रतिनिधि सभा निर्वाचन जितेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरानो तस्बिरसहित बधाई दिएका छन्।

शनिबार निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गर्दै बालेन विजयी भएको घोषणा गरेपछि पूर्वप्रधानमन्त्री ओलीले कुनै बेला बालेनलाई तबेला उपहार दिएको तस्बिर सामाजिक सञ्जालमा राख्दै बधाई तथा शुभकामना व्यक्त गरेका हुन्।

- Advertisement -
Ad image

ओलीले लेखेका छन्, ‘बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई! तपाईंको पाँचवर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना!’

रास्वपाबाट भावी प्रधानमन्त्री पदको उम्मेदवार घोषित बालेन एमाले अध्यक्ष ओलीलाई ४९ हजार ६१४ मतले उछिन्दै सांसद पदमा निर्वाचित भएका हुन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्