फागुन १६ गते शनिबारको तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ फाल्गुन २०८२, शनिबार
7 Min Read
Aa

आज मिति वि. सं. २०८२ फागुन १६ गते शनिबार ई. सं. २०२६ फेब्रुअरी २८ नेपाल सम्बत ११४६ चिल्लाथ्व द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन शुक्ल द्वादशी, चन्द्रमा कर्कट राशिमा, पुनर्वशु नक्षत्र, सौभाग्य योग, बव करण । आज बिहान ६ बजेर ३१ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ४ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– शुभदायी समय छ । सोच्दै नसोचेको स्थानबाट लाभ हुने देखिन्छ । उद्योग–व्यापारमा विशेष फाइदाको योग छ । मित्रजनको साथ र मिष्ठान्न भोजन मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ भने आफन्तजनले प्रशंसा गर्नेछन् । प्रयास गरे फसेको पैसा उठ्ने योग छ । साथीभाइले सहयोग गर्नेछन्, पराक्रम वृद्धि हुनेछ । रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– आजको दिन काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । विशेष योजना अघि बढाउने सवालमा कसैबाट राम्रो साथ–समर्थन पाइएला । बौद्धिक क्रियाकलापमा भने आज आंशिकमात्र सफलता मिल्ने देखिन्छ । शत्रुहरू परास्त हुनेछन् भने प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । आरोग्यता रहला । साहसिक काममा आकर्षण रहनेछ । सुख सुविधाको वस्तुमा खर्च बढ्न सक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– मेहनतले प्रतिस्पर्धाको दौड जिताउने समय छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ । तथापि, पढाइलेखाइ एवम् बौद्धिक क्रियाकलाप सुस्त रहने देखिन्छ । यात्रागत कार्यमा सोचेअनुसार सफलता मिल्न कठिन होला । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ । आत्मविश्वास कायम रहला । आरोग्यबल बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– चुनौतीयुक्त समय छ । बौद्धिक कार्यबाट धनलाभ भएपनि आर्जित रकम फस्ने सम्भावना छ, कारोबारमा सजग रहनुहोला । स्वास्थ्य केही कमजोर रहेको अनुभूति हुनसक्छ । अरूको मात्र भर पर्दा काममा धोका हुनसक्ने योग छ । कमाइ कम खर्च धेरै हुने देखिन्छ । सानो कुराले पनि अशान्ति र छटपटी बढाउन सक्छ । तर, पारिवारिक समस्याको समाधान मिल्नेछ भने यात्रापरक काम बन्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– सकारात्मक तथा व्यवहारिक सोचको विकास हुने र रमाइलो तरिकाले कामहरु गर्न सकिने समय छ । व्यापार–व्यवसायबाट सन्तोषजनक लाभ मिल्ला । उपलब्धिमूलक रमाइलो यात्रा हुन सक्छ । नियमित कार्य सहज र सामान्य रहनेछ । धार्मिक तथा सामाजिक क्रियाकलापमा मन जाने देखिन्छ । दाम्पत्यसुख बढ्नेछ । आमोदप्रमोदको भाव जागृत होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– सोचेको काम भने समयमा नै पूरा नहुन सक्छ । बन्न लागेको काम बिग्रन सक्छ, सावधान रहनुहोला । काम बने पनि अशुभ समाचारले मन खिन्न तुल्याउने योग छ । तथापि, टाढाको साथीसँगको भेटघाटले मन प्रफुल्ल रहला । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । सोचेको जति फाइदा नबने पनि आंशिक सफलता मिल्ने देखिन्छ । बौद्धिक तथा रचनात्मक कार्य बन्नाले राहत मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– कामको बोझले थाकेको महसुस हुने समय छ । घर–गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसँग विवादको योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । निकटका मित्रजन एवम् कुटुम्बका नातेदारको सल्ला–सहयोगको खाँचो महसूस होला । आजको दिन खर्च बढ्ने देखिन्छ, मितव्ययिता अपनाउनु हितकर होला । चुनौतीका बाबजुद आत्मविश्वास कायम रहनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने समय छ । बन्द-व्यापारबाट लाभ मिल्नेछ । प्रेम प्रसङ्ग सुखद रहला । रसरागमा आकर्षण बढ्नेछ । विगतका कर्मको उचित प्रतिफल मिल्नेछ । ब्यस्तता बढेपनि सुखद फल प्राप्त होला । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्ति र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नुपर्ने देखिन्छ । आर्थिक पक्षमा सुधार आइ सन्तोषजनक रहला । रसरागमा आकर्षण बढ्नेछ । साझेदारीको कामबाट विशेष लाभ होला । दाम्पत्यसुख बढ्नेछ । समस्यामा आफन्तको साथ मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– आर्थिक क्षेत्र सबल तथा फलदायी हुने दिन छ । नसोचेको ठाउँबाट पैसा आउने देखिन्छ । अचानक उपहार मिल्ने योग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा विशेष फाइदा हुने देखिन्छ । आम्दानी बढ्ने तथा धनलाभ हुनेछ, तर खर्च पनि केही वृद्धि होला । रोकिएको काम बन्नेछ । सामथ्र्य वृद्धि हुनेछ । आरोग्यता रहनेछ । रचनात्मक कार्यमा विशेष सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– मिश्रित फलदायी समय छ । नियमित कार्यमा खासै मन नजाने देखिन्छ । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनु उचित होला । आम्दानीमा कमी आउने तथा अनावश्यक ठाउँमा धन खर्च हुने देखिन्छ । अध्ययन–अध्यापनमा मन लगाउन निकै कठिन पर्ला । सबल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नु उचित हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– अध्ययन-अध्यापन एवम् बौद्धिक क्रियाकलापमा सफलता मिल्ने समय छ । तथापि, कतिपय अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनसक्छ । कामको सिलसिलामा यात्राको योग छ । धेरैले बुद्धि–विवेकको तारिफ गर्नेछन् । आम्दानी र खर्च बराबरजस्तो होला । नियमित काममा मन जानेछ । मिठो भोजन प्राप्त होला । रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्