विद्युत् आयातमा ४३ करोड गडबडी प्रकरणमा कुलमानविरुद्ध अख्तियारमा उजुरी !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०८२, बुधबार
1 Min Read
Aa
आन्दोलनबाट क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनासम्बन्धी कार्यका लागि स्थापना गरिएको कोषको विषयमा सिंहदरबारस्थित भौतिक मन्त्रालयमा आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुहुँदै सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ। तस्बिरः गोपाल दाहाल/ रासस

काठमाडौं – ‘जेनजी मुभमेन्ट’ले ऊर्जामन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाल विरुद्ध ४३ करोड रुपैयाँ भ्रष्टाचारको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गराएको छ ।

बुधबार अख्तियारमा घिसिङ, सिलवाल तथा विद्युत् नियमन आयोग विरुद्ध उजुरी दर्ता गराएको जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहले जानकारी दिए ।

- Advertisement -
Ad image

उजुरीमा उल्लेख छ कि भारतीय कम्पनी पीटीसीसँग गरिएको विद्युत् खरिद सम्झौता हतार–हतार र अपारदर्शी तरिकाले गरिएको, जसमा प्राधिकरणले ६.७४ भारुको प्रस्ताव ६.९५ भारुमा स्वीकृत गरेर राज्यलाई करिब ४३ करोड रुपैयाँ नोक्सान पुर्‍याएको आरोप छ ।

जेनजी मुभमेन्टका अनुसार, घिसिङ–सिलवालको सेटिङ र पारिवारिकरसंबंधित नातेदारको प्रभाव प्रयोग गरी अनुसन्धान रोक्ने प्रयास गरिएको, जसले अनियमित खरिद प्रक्रियामा संलग्न व्यक्तिहरूलाई दण्ड नहुने स्थिति सिर्जना गरेको छ ।

त्यसैले मुभमेन्टले अख्तियारमार्फत प्रारम्भिक छानबिन गरि संलग्न अधिकारीहरूविरुद्ध मुद्दा दायर गरी सजाय र बिगो असुल गर्न माग गरेको हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्