कुलमानको ‘उज्यालो नेपाल पार्टी’ को नामावली विवरण आयोगमा अद्यावधिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ कार्तिक २०८२, मंगलवार
1 Min Read
Aa
आन्दोलनबाट क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनासम्बन्धी कार्यका लागि स्थापना गरिएको कोषको विषयमा सिंहदरबारस्थित भौतिक मन्त्रालयमा आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुहुँदै सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ। तस्बिरः गोपाल दाहाल/ रासस

काठमाडौं – निर्वाचन आयोगमा ऊर्जा जलस्रोत तथा सिचाईँमन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको नामावली विवरण अद्यावधिक भएको छ । घिसिङले पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई अध्यक्षको रुपमा अगाडि सारेका छन् । अहिले मन्त्री भएको कारण चुनावको बेलामा मात्रै घिसिङ सक्रिय हुने समझदारी बनेको बताइएको छ ।

घिसिङको उज्यालो नेपाल पार्टीमा सुदूरपश्चिमका स्वतन्त्र सांसद ताराप्रसाद जोशी, नेपाली कांग्रेसका सभापति शेरबहादु्र देउवासँग चुनाव लडेका सागर ढकाल, महेन्द्र लावतीलगायतका व्यक्तिहरु सहभागी छन् । त्यस्तै चर्चामा रहेर पनि जेन–जीबाट मन्त्री बन्न नसकेकी टाँसी ल्हाजोम पनि उज्यालो नेपाल पार्टीमा जोडिएकी छन् ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्