काठमाडौँ – भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई स्पष्टीकरण सोधेको छ । बुधबार आयोगले आयोगलाई सहयोग नगरको भन्दै स्पष्टीकरण सोधेको हो ।
आयोगले प्रहरी प्रधानकार्यालयसँग भदौ २३ र २४ गते फिल्डमा को को खटिएका प्रहरीको विवरण मागेकोमा विवरण समयमा उपलब्ध नगराएको र आयोगले ताकेता गरेपछि पठाएको जवाफमा आईजीपीदेखि जवानसम्म खटिएको भन्ने जवाफ पठाइएको थियो ।
आयोगले यस विषयमा २४ घण्टाभित्र जवाफ दिन पत्र पठाएको स्रोतले जनाएको छ । जाँचबुझ आयोगले बुधबार मात्रै नक्खु जेलबाट फरार भएको विषयमा पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको छ। यसअघि नक्खु कारागारका जेलरसँग बयान गराएको थियो।


प्रतिक्रिया दिनुहोस्