सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार ! आजदेखि सबै सामाजिक सञ्जाल चल्लान् ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ भाद्र २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – सरकारले निष्क्रिय रहेको सामाजिक सञ्जाल खोल्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खोल्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले बताए। सरकारले जेनजीहरुको माग अनुसार सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिएको उनले जानकारी दिए।

- Advertisement -
Ad imageAd image

सोमबार भएको जेनजीहरूको प्रदर्शनमा १९ जनाले ज्यान गुमाएपछि सरकारले उक्त निर्णय गरेको हो। हालसम्म प्राप्त विवरणअनुसार काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु र चार सयभन्दा बढी घाइते भएका छन्।

घाइतेहरुको निजामती अस्पताल, एभरेष्ट अस्पताल, ट्रमा सेन्टर, वीर अस्पताल लगायत देशभर विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

उक्त घटनापछि सरकारको चौतर्फी रुपमा विरोध भइरहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्