आज मिति वि.सं. २०८२ भदौ ०६ गते शुक्रबार ई.सं. २०२५ अगस्त २२ नेपाल सम्बत ११४५ गुंलागा चतुर्दशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण चतुर्दशी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, वरियान योग, शकुनी करण । आज बिहान ०५ बजेर ३८ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ०६ बजेर ३७ मिनेटमा हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): व्यापार–व्यवसायमा लगानी बढाउने समय छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला, तर अन्ततः परिणाम तपाईंकै पक्षमा हुनेछ । परिवार एवम् साथीभाइको सहयोग प्राप्त होला । धनलाभको योग रहेको छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । यात्रागत कार्यमा अनुकूलता वृद्धि हुनाले सफलता मिल्नेछ । आमोदप्रमोदको भाव जागृत होला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): शुभदायी समय छ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुने देखिन्छ । परिवारजनका आवश्यकता पूरा हुनाले मन प्रशन्न रहला । शुभ समाचार प्राप्तिले आनन्द वृद्धि हुनेछ । पढाइलेखाइमा पनि प्रगति नै होला । ब्यापारबाट राम्रै धनलाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान हुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): लाभदायी कार्ययोजना प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ भने गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ । घर–जग्गा तथा बन्धुबान्धवसँग चाहिँ असमझदारी बढ्ने योग छ । काममा स्थानान्तरण हुन सक्छ, यात्राको सम्भावना छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । पराक्रमका साथै बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मिश्रित फलदायी दिन छ । अति आवश्यक अवस्थामा बाहेक आर्थिक कारोवार नगर्नु नै उचित होला । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ । विपरीतलिंगीप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धनमा कसिनेछ । आजको दिन खर्च भने केही बढ्ने देखिन्छ । नियमित कार्यमा बाधा–ब्यवधान आइपर्न सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । साथीभाइको सहयोगले कर्मबल बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । हातमा आएका केही अवसर गुम्न सक्छन । आजको दिन सवारीसाधन वा हातहतियार उपयोग गर्दा विशेष सावधानी अपनाउनु उचित होला । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । तथापि, भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । कर्मबलमा कमी आउनेछैन । रसरागप्रति आकर्षण रहला । समस्यामा इष्टमित्रको साथ मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दौडधुप केही बढेपनि यशवर्चश्व बढ्ने र साहसिक काममा लगाव रहने देखिन्छ । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन होला । प्रेमजीवन सुखद रहनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता वृद्धि होला । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषि एवम् पशुधनबाट यथेष्ट लाभ मिल्ने योग छ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनुहोला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा मिल्ने समय छ । प्रतिभाको उच्च मूल्यांकन होला । कुनै विशेष कार्यका लागि समयमै निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ, ध्यान राख्नुहोला । मान–सम्मानमा चोट पुग्ने सम्भावना पनि छ, बोली र व्यवहारमा नियन्त्रणको दरकार छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । धन सम्पदामा बढोत्तरी हुने योग छ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन केही चुनौतीयुक्त रहला । समयमा काम पूरा नहुनाले महत्वपूर्ण अवसर गुम्न सक्छ । जाँगर नचलेपनि जिम्मेवारी भने बढिरहने देखिन्छ । जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ । स्थायी सम्पत्तिका विषयमा केही विवाद आउने योग छ । अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ, ख्याल राख्नुहोला । रोकिएको काम कठोर मिहेनतले बन्नेछ । आरोग्यता रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सुखदायी–शुभदायी समय छ । मानसम्मानका साथमा आम्दानी पनि राम्रै बढ्ला । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्ने देखिन्छ । राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुने योग छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट होला । मंगलमय काम सम्पादन हुनेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त होला । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । व्यावसायिक काममा भने केही खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । परिवारजनको सहयोगले उत्साह बढाउला । प्रेम र मित्रताको बन्धन कसिने समय छ । प्रतिस्पर्धी सहजै परास्त हुनेछन् भने खास योजना अघि बढाउँदै हुनुहुन्छ भने उचित समय छ । सबल स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनु हितकर होला । प्रेमभाव बढ्नेछ । आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): शुभदायी समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि रहला । अध्ययन–अध्यापनमा रहेकाहरूलाई फाइदाको दिन रहेको छ । स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् भने विलासितामा खर्च बढ्ने देखिन्छ । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ, सजग रहनुहोला । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदाको योग छ । स्वास्थ्य केही कमजोर रहनसक्छ । पराक्रम वृद्धिका बाबजुद सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला । तथापि, सुख विलास बढ्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्