नाति हृदयन्द्रलाई लिएर नारायणहिटी पुगे पूर्वराजा शाह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ जेष्ठ २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार गएका छन् । नाति हृदयन्द्र शाहलाई लिएर उनी आमा रत्न शाहलाई भेट्न नारायणहिटी पुगेका हुन् । ज्ञानेन्द्रसँगै उनकी श्रीमती कोमल शाह पनि नारायणहिटी गएकी थिइन् ।

हृदयन्द्रले रत्नलाई भेट्ने आग्रह गरेपछि ज्ञानेन्द्र नारायणहिटी गएको संवाद सचिव फणिराज पाठक जानकारी दिए । संविधानसभाबाट राजतन्त्र अन्त्य गरिएपछि ज्ञानेन्द्रले वि.स २०६५ जेठ २९ गते नारायणहिटी छोडेका थिए । तर उनकी आमा रत्न नारायणहिटीको महेन्द्र मन्जिलमा बस्दै आएकी छिन् ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्