काठमाडौं – रोयल च्यालेन्जर्स बैंगलुरुले राजस्थान रोयल्सलाई पराजित गरेको छ । जारी आईपीएल अन्तर्गत गएराती सम्पन्न खेलमा रोयल च्यालेन्जर्सले राजस्थानलाई ११ रनले पराजित गरेको हो ।
रोयल च्यालेन्जर्सले दिएको २०६ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १९४ रन बनाएको थियो । राजस्थानका लागि यशस्वी जैसवालले सर्बाधिक ४९, ध्रुब जुरेलले ४७, नितिश रानाले २८ र कप्तान रियान परागले २२ रन बनाएका थिए । त्यसैगरी रोयल च्यालेन्जर्सका जोस हजेलवूडले ४, क्रुनाल पाण्डेयले २, भुवनेश्वर कुमार र यश दयालले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको रोयल च्यालेन्जर्सले २० ओभरमा ५ विकेट गुमाउदै २०५ रन बनाएको थियो । बैंगलुरुका लागि विराट कोहलीले सर्बाधिक ७०, देवदत्त पाडिकलले ५०, फिल साल्टले २६ र टिम डेविडले २३ तथा जितेश शर्माले २० रन बनाएका थिए ।
यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरु अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । बैंगलुरुको ९ खेलमा १२ अंक भएको छ । त्यस्तै राजस्थानले भने यस सिजनमा सातौं हार बेहोरेको छ । ९ खेलमा ४ अंक मात्र रहेको राजस्थान आठौ स्थानमा रहेको छ । आईपीएलमा आज चेन्नई सुपर किङ्ग्स र सनराईजर्स हैदरावादबीच भिडन्त हुँदै छ ।


प्रतिक्रिया दिनुहोस्