रोयल च्यालेन्जर्स बैंगलुरुको चौथो जित: राजस्थान ९ विकेटले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० चैत्र २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौँ – आईपीएलको आजको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले राजस्थान रोयल्सलाई पराजित गरेको छ । आईतबार सम्पन्न खेलमा बैंगलुरुले राजस्थानलाई ९ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १७४ रनको लक्ष्य पछाएको बैंगलुरुले १७.३ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

बैंगलुरुका लागि फिल साल्टले सर्बाधिक ६५ रन बनाए भने विराट कोहलीले अविजित ६२ र देवदत्त पाडीकलले अविजित ४० रन बनाएका छन् ।

- Advertisement -
Ad image

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ४ विकेट गुमाउदै १७३ रन बनाएको थियो । राजस्थानका लागि यशस्वी जैसवालले ७५, ध्रुव जुरेलले ३५, रियान परागले ३० र कप्तान संजु सामसनले १५ रन बनाएका थिए ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुले चौथो जित हासिल गर्दै ६ खेलमा ८ अंक हासिल गरेर तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै राजस्थान रोयल्सले चौथो हार बेहोर्दै ६ खेलमा ४ अंक हासिल गरेर सातौं स्थानमा झरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्