प्रदूषित सहरको सूचीमा काठमाडौँ आज पनि पहिलो स्थानमै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ चैत्र २०८१, बुधबार
1 Min Read
Aa
काठमाडौँको मनमैजुबाट आइतबार बिहान देखिएको काठमाडौँमा वायु प्रदूषणको दृश्य । तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँ – विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौँ बुधबार पनि शीर्ष स्थानमा कायमै रहेको छ । बुधबार बिहान ६ः४५ बजेको मापन अनुसार काठमाडौँ आईक्यू एयरको सूचीको शीर्ष स्थानमा रहेको हो ।

यद्यपि, मंगलबारको तुलनामा प्रदूषण भने केही कम भएको छ । मंगलबार बिहान ७ बजेको मापनमा काठमाडौँको एक्यूआई २६२ थियो ।बुधबार घटेर १ सय ८४ सम्म पुगेको छ । यद्यपि, यसलाई पनि स्वास्थ्यको दृष्टिकोणले खराब नै मानिन्छ । ५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मान्ने गरिएको छ ।

- Advertisement -
Ad imageAd image

हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २०.४ गुणा बढी रहेको छ । वायु प्रदूषण उच्च भएसँगै काठमाडौँमा बिरामीको संख्या पनि बढेको छ । विज्ञहरूले बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा झ्यालहरू बन्द गरेर बस्न सुझाव दिएका छन् ।

काठमाडौँ पछि भारतको नयाँ दिल्ली दोस्रो तथा चीनको वुहान तेस्रो स्थानमा रहेको छ । त्यसपछि शीर्ष १० स्थानमा क्रमशः युगान्डाको कामपाला, इन्डोनेसियाको जकार्ता, इराकको बगदाद, भियतनामको हानोई, चीनको छेङ्दु, पाकिस्तानको लाहोर र चीनको सांघाई सहर रहेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्