पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई दसैंको टीका नलगाइदिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ कार्तिक २०८३, मंगलवार
1 Min Read
Aa
(161020) -- KATHMANDU, Oct. 20, 2016 (Xinhua) -- Nepalese Former King Gyanendra Shah speaks during the International Grand Hindu Conference in Kathmandu, Nepal, Oct. 20, 2016. More than 1,000 Hindus from across the globe have gathered in Nepal on Thursday to participate in the International Grand Hindu Conference. (Xinhua/Sunil Sharma) (dtf)

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैँ सादगीपूर्वक मनाउने घोषणा गर्दै सर्वसाधारणलाई टीका नलगाउने भएका छन् ।

देशमा आएको भीषण बाढीपहिरो तथा अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको अवस्थालाई मध्यनजर गर्दै यस वर्षको बडादसैँ पर्वमा टीका तथा जमरा लगाउने कार्यक्रम नराखिएको जानकारी गराइएको छ।

- Advertisement -
Ad image

निर्मल निवासस्थित सम्वाद सचिवालयले जारी गरेको सूचनामा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट गत भदौमा हिमपहिरोबाट आएको भीषण बाढी र असोजमा परेको अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित भएको, सयौँको दुःखद निधन भएको तथा ठूलो जनधनको अपूरणीय क्षति भएको अवस्थाप्रति दुःख व्यक्त गरिएको उल्लेख छ।

विपत्तिको यस असहज परिस्थितिलाई मध्यनजर गर्दै आफ्नो आस्था, मान्यता र मर्यादालाई कायम राख्दै यस वर्षको बडादसैँ पर्व सादगीपूर्ण रूपमा मनाउने निर्णय भएको सूचनामा जनाइएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्