काठमाडौँ – लखनउ सुपर जाइन्टले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनउले सनराइजर्सलाई ५ विकेटले पराजित गरेको हो ।
सनराइजर्स हैदरावादले दिएको १९१ रनको लक्ष्य पछाएको लखनउले १६.१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । लखनउका लागि नोकोलास पुरनले ७० रन बनाए भने मिचेल मार्शले ५२ र अब्दुल समादले २२ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो ।
सनराइजर्सका लागि ट्राभिस हेडले सर्बाधिक ४७ रन बनाएका थिए भने अंकित बर्माले ३६, नितिश कुमार रेड्डीले ३२, हेइनरिच क्लासेनले २६, कप्तान पाट कमिन्सले १८ रन बनाएका थिए ।
त्यस्तै लखनउका बलर श्रदुल ठाकुरले ४ विकेट लिएका थिए भने आभेश खान, दिग्भेस राठी, रवि विश्नोई र प्रिन्स यादवले एक एक विकेट लिएका थिए ।
यो लखनउको दोस्रो खेलमा पहिलो जित हो भने सनराइजर्सको दोस्रो खेलमा पहिलो हार हो । आज आइपिएल अन्तर्गत चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै छन् ।


प्रतिक्रिया दिनुहोस्