सूर्यदर्शन सहकारी ठगी प्रकरण: सरकारी वकिलको जवाफी बहस हुँदै आजै थुनछेक आदेशको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ पुष २०८१, बिहीबार
2 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलको कार्यालयका तर्फबाट जवाफी हुनेछ । प्रतिवादीको तर्फबाट थुनछेक बहस सकिएसँगै जवाफी बहस हुन लागेको हो । बुधबार हिजो पीडित बचतकर्ताको तर्फबाट जवाफी बहस भएको थियो ।

सहकारी पीडितका तर्फबाट अधिवक्ताहरू युवराज पराजुली, हरि कट्टेल, रमन कर्ण र बिबी विष्टले बहस गरेका थिए । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाको मुद्दामा सरकारी वकिलको कार्यालयको जवाफी बहस सकिएपछि थुनछेक आदेश आउने जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए ।

- Advertisement -
Ad image

आज थुनछेक आदेशको सम्भावना रहेको उनको भनाइ छ ।  पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने या तारेखमा  छाडेर मुद्दाको छिनोफानो गर्ने थुनछेक आदेशले तय गर्नेछ ।

सूर्यदर्शन सहकारीको १८ हजार ७ सय बचतकर्ताको एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा अपचलन गरेको उल्लेख गर्दै सरकारी वकिलको कार्यालयले पुस ७ गते जिल्ला अदालत कास्कीमा ४४ जनालाई प्रतिवादी बनाएर पूरक अभियोग दायर गरेको हो ।

पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्वसांसद सूर्यदर्शन सहकारीको संस्थापक उपाध्यक्ष मीना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङ र पूर्वसञ्चालक कृष्णबहादुर गुरुङको वयान लिएसँगै गत हप्ताको मंगलबारदेखि थुनछेक बहस सुरु भएको थियो ।

सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा बचतकर्ताले प्रहरीमा उजुरी दिएपछि गतवर्षको असोज १८ गते जिबी राईलगायत १९ जनाविरुद्ध मूल मुद्दा दर्ता भएको थियो। जिबी राईसहित १९ जनाविरुद्ध पुस ५ गते पनि थप अभियोजन दर्ता गरिएको हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्