आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति पौडेलसँग भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ मंसिर २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका विषयमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष जानकारी गराएका छन्। शनिबार शीतलनिवासमा भएको भेटमा आसन्न चीन भ्रमण र विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिए। यही मंसिर १७ गतेदेखि २० गतेसम्म प्रधानमन्त्री चीनको औपचारिक भ्रमणमा जाँदै छन्।

- Advertisement -
Ad image

शीतलनिवास भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको पनि उपस्थिति थियो। राणा शनिबार मात्र चीनबाट स्वेदश फर्किएकी हुन्।

यसअघि प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु र परराष्ट्र मन्त्रालयको टोलीसँऊ छलफल गरेका थिए। चीन जाने प्रतिनिधिमण्डलका सदस्यसँग पनि विमर्श कार्यक्रम राखिएको थियो। ओलीले एमाले नेताहरूसँग बीआरआईबारे परामर्श गरेका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्