सामाजिक अभियान्ता आलमको निमन्त्रणामा भारतका चर्चित कालीबाबा युएई जाँदै, डा. बु अब्दुल्लाहले स्वागत गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ आश्विन २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – सानो उमेरमै दर्जनौं सामाजिक काम गरेर नेपालमा आफूलाई स्थापित गरिसकेका चर्चित सामाजिक अभियान्ताको पहिचान बनाएका नेपाली युवा तबरेज आलमको निमन्त्रणामा चर्चित भारतीय हिन्दु धर्म गुरु कालीदास बाबा (स्वामी १००८ कृष्णानन्द जी महाराज) संयुक्त अरब इमिरेट्स (युएई) जाँदै छन् ।

आगामी २८, २९ र ३० सेप्टेम्बरसम्म विभिन्न धार्मिक तथा सामाजिक काममा सहभागी हुने गरि आफू युएई भ्रमणमा जान लागेका हुन् । हिन्दु धर्मको महासागर मानिने भारतमा आफ्नो विख्याती हासिल गरिसकेका कालीदास बाबा मुस्लिम धर्मको बाहुल्यता रहेको युएई भ्रमण गर्न लागेका हुन् । उनको युएई भ्रमणको चाँजोपाँजो भने सामाजिक अभियान्ता आलमले मिलाएका हुन् ।

- Advertisement -
Ad image

भारतीय संस्थापन सँग निकै निकट सम्बन्धमा रहेका कालीबाबाको युएई भ्रमणको क्रममा मध्य पूर्वी एशियामा २०० भन्दा धेरै कम्पनीहरूलाई कानुनी सेवा प्रदान गर्दै आएको ‘बु’ नामक कानुनी सेवा प्रदान गर्ने शिर्ष कानुन व्यवसायीको रूपमा आफ्नो पहिचान स्थापित गरेका डा. बु अब्दुल्लाहले गर्ने भएका छन् ।

हिन्दु र मुस्लिम समुदाय बिचमा रहेका समानता, नेपाल-भारत तथा युएई सम्बन्ध सहित मध्यपूर्वको विकासको गतिलाई स्वदेशसँग जोड्न प्रयासरत सामाजिक अभियान्ता आलमले कालीबाबाको युएई भ्रमणले नेपाल-युएई सम्बन्ध तथा हिन्दु मुस्लिम दुबै धर्मका विषयमा सकारात्मक प्रभाव पर्ने उनको विश्वास छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्