कोलकातासँगको खेल रद्द भएसँगै गुजरातको प्लेअफ सम्भावना सकियो: दिल्ली र लखनउ भिडन्त आज, कस्ले मार्ला बाजी ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ जेष्ठ २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – घरेलु मैदानमा अहमदावादमा सोमबार राति कोलकाता नाइट राइडर्स सँगको खेल वर्षाका कारण रद्द भएसँगै इन्डियन प्रिमियर लिग (आइपीएल) मा गुजरात टाइटन्सको पनि प्लेअफ सम्भावना सकिएको छ ।

टस नै हुन नसकेपछि दुवै टोलीले एक/एक अंक बाँडे । यो नतिजापछि १३ खेलबाट जम्मा ११ अंक जोडेको गुजरात ८औं स्थानमा छ । र, एक खेलमात्रै खेल्न बाँकी छ । यसअघि गुजरात लगातार दुई संस्करणमा फाइनलमा पुगेको थियो । एकपटक उपाधि जितेको थियो ।

- Advertisement -
Ad image

यसअघि नै प्लेअफमा पुगेको कोलकताको भने शीर्ष दुईको स्थान पक्का भएको छ । कोलकाताले एक खेल खेल्न बाँकी हुँदा १९ अंक जोडेर शीर्ष स्थानमा छ । दुई खेल खेल्न बाँकी राजस्थान रोयल्स १६ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

मुम्बइ इन्डियन्स र पञ्जाब किंग्स भने यसअघि नै बाहिरिसकेका छन् । आइपीएलमा आज अंक तालिकाको छैटौं र सातौ स्थानमा रहेका दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स बीच भिडन्त हुँदै छ । १३ खेलमा १२ अंक जोडेको दिल्लीको प्लेअफ यात्रा गणितीय रूपमा मात्रै जिवित रहँदा १२ खेलमा १२ अंक जोडेको लखनउले आजको खेलमा जित निकाले प्लेअफ सम्भावना निकै उच्च छ । त्यसैले पनि लखनउका लागि आजको खेल निकै महत्त्वपूर्ण छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्