राजस्थानमाथि सहज जित निकाल्दै चेन्नई तेस्रो स्थानमा उक्लियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० बैशाख २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आईतबार भएको ‘डबल हेडर’ को पहिलो खेलमा चेन्नई सुपर किंग्सले अंक तालिकामा दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै प्लेअफको सम्भावना बलियो बनाएको छ।

घरेलु समर्थकमाझ राजस्थानलाई हराएसँगै चेन्नई १३ खेलबाट १४ अंक बनाएर तेस्रो स्थानमा रहेको छ। जारी लिगमा कोलकाता १२ खेलबाट १८ अंकका साथ शीर्ष स्थानमा रहँदै छनोट हुँदा बाँकी तीन टिम प्लेअफका लागि ७ टिम प्रतिस्पर्धामा रहेका छन्।

- Advertisement -
Ad image

आईतबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४१ रनको सामान्य स्कोर बनाएको थियो। जवाफमा उक्त लक्ष्य चेन्नईले १८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

अब चेन्नईले लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग खेल्नेछ। आजको दोस्रो खेलमा दिल्लीलाई पराजित गरेमा बैंगलुरुको सम्भावना पनि कायम रहने छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्