आज मिति वि.सं.२०८१ बैशाख २९ गते शनिबार ई.सं.२०२४ मे ११ नेपाल सम्बत ११४४ बछलाथ्व चर्तुर्थी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण चर्तुर्थी, चन्द्रमा मिथुन राशिमा मृगशिरा नक्षत्र, सुर्कमा योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५:१७ बजे भयो भने सूर्यास्त साँझ ०६:४३ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ने योग छ । तथापि, हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नेछ । प्रगतिको खबर सुन्न पाइएला । आरोग्यता रहनेछ । यात्रागत कार्य सफल होला । घरेलु समस्यामा समय व्यतीत भएपनि समग्रमा लाभ नै हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मनमा दोधारको अवस्था सिर्जना हुने समय छ । व्यवसायमा फाइदै होला । सामान्य आम्दानी भइरहनेछ र आर्थिक पक्ष सुदृढ बन्नेछ । यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । यात्रा भने सोचेजस्तो रमाइलो नहुन सक्छ । रसरागको भावना वृद्धि हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । परिवारिक सुख बढ्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मनोरञ्जनपूर्ण समय रहेको छ । प्रेमको बन्धन कसिएला । आतिथ्यपूर्ण सम्मान मिल्नेछ । कतै यात्राको सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु हितकर हुनेछ । आय वृद्धि हुनेछ भने व्यक्तिगत दायित्व पनि बढ्नेछ । आज मनोकूलको काम बनेर मन प्रशन्न रहने योग छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): भूमि तथा मातृधनबाट लाभ लिने समय छ । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्ला । तथापि, बोलीको विपरीत अर्थ लागेर विवाद निम्तिन सक्ने योग रहेकोले संयमित व्यवहार गर्नु हितकर हुनेछ । आजको दिन नचिताएको स्थानबाट धनागमनको सम्भावना छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पारिवारिक वातावरण तपाईंको अनुकूल नभएपनि आजको दिन उत्साहजनक रूपले बित्ला । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ । पराक्रम र उत्साह बढ्नेछ । गरी आएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हहुने देखिन्छ । तथापि, शोख पूरा गर्नका लागि केही खर्च भने बढ्नेछ । भाग्योदय हुनेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दौडधुप बढेपनि मौकाको फाइदा लिन सकिनेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा–मामिलामा विजयी भइएला । सामर्थ्य बढ्नेछ, आरोग्यता रहला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ भने चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम दिनुहोला । महत्वपूर्ण कार्यमा उच्चाधिकारीको साथ मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रतिष्ठित काम सम्पादन गर्ने समय छ । अनुकूलता वृद्धि हुनेछ । अनुयायीले प्रसन्नता दिलाउनेछन् । सन्तान पक्षबाट पनि सुख प्राप्त होला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ भने ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् । दाम्पत्यसुख बढ्नेछ । विलासी कार्यमा सफलता प्राप्त हुनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): रोकिएका काम सम्पादन हुने समय भएपनि बाध्यतापूर्ण कामको बोझ थपिन सक्छ । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेतना अपनाउनु हितकर हुनेछ । कसैसंग सामान्य झगडा पनि हुन सक्छ । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला परोपकार र धार्मिक क्षेत्रको लगानीले प्रतिष्ठा दिलाउनेछ । आरोग्यता रहनेछ भने रसरागमा रुचि बढ्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): महत्वाकांक्षी योजना फलीभूत हुने समय छ । काममा मातापिताको सहयोग प्राप्त होला । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । आरोग्यता र प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त होला । समष्टिमा दिन राम्रो छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । शुभदायी कर्ममा व्यस्तता बढ्नेछ । आरोग्यता रहनेछ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ । आफन्को सहयोग प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन शुभदायी छ । तपाईंको प्रतिभाको कदर हुनेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । पराक्रम वृद्धि तथा धन मान महत्व बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको साथ मिल्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): परिस्थितिले अप्ठ्यारो सिर्जना गर्न सक्छ तर नयाँ काम र जिम्मेवारी हात पार्ने मौका मिल्ला । स्वास्थ्यमा सामान्य समस्या देखापर्न सक्छ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । पाहुनाको खातिरदारीमा समय खर्च हुने योग छ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्