फागुन २२ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ फाल्गुन २०८०, मंगलवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० फागुन २२ गते मंगलबार ई.सं.२०२४ मार्च ०५ नेपाल सम्बत ११४४ सिल्लागा नवमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण कृष्ण दशमी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, सिद्धि योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०६:२३ बजे भयो भने सूर्यास्त साँझ ०६:०६ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अरूलाई प्रभावित पारेर काम लिन सकिने दिन छ । मेहनत गर्दा सफलता प्राप्त होला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । दाम्पत्य जीवन सुखद रहला । आर्थिक विषयसँग सम्बन्धित काममा सफलता प्राप्त हुनेछ ।मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): कर्मबल वृद्धि हुनेछ । आजको दिन अस्वाभाविक प्रलोभनमा भने नपर्नु हितकर होला । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । अस्वस्थतको योग रहेकोले विशेष सावधानी अपनाउनुहोला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । बढी मिहीनेतले काम बन्नेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): श्रमको उचित मूल्य नपाइने समय छ । चिताएको काम पूरा नहुन सक्छ । तथापि, उत्साहजनक समाचारले हर्ष बढ्ला । समझदारीको भाव वृद्धि होला । कार्यक्षमता वृद्धि हुनेछ । आरोग्यता वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन आश मारेको काम पनि बन्ने योग ररहेको छ । सानो प्रयत्नले ठूलो काम सम्पादन होला । आम्दानी बढ्नुका साथै दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त होला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । दाम्पत्यसुख मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । निश्चय भएको काम अचानक बिग्रन सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो हुन सक्छ, सावधानीका साथ व्यवहार गर्नु हितकर होला । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): नयाँ कामको सुरुवात खासै राम्रो छैन तर विभिन्न अवसर जुर्न सक्छ । कीर्तिमानी काम सम्पादन हुने योग छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । प्रेमभाव बढ्नेछ । काममा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): तपाईंले गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । आरोग्यता वृद्धि हुनेछ । कर्ममा सफल साबित हुनुहुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । विशेष योजनाहरू बन्नेछन् । अध्ययन अध्यापनमा प्रगति हुनेछ । आत्मीयजनसँग भेटघाट होला । पराक्रम र आरोग्यता बढ्नेछ । रोकिएको काम बन्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । मित्रजनको सहयोग समर्थन प्राप्ति हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनु होला । कामका अवसर फुत्कने सम्भावना देखिन्छ, पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सवधान रहनुहोला । आशा उत्साह बढ्ला । रसराग एवम् प्रेम सम्बन्धमा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । प्रतिभा देखाएर अवसर हातपार्न सकिएला । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । आरोग्यता बढ्नेछ । प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । मान प्रसंशा बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । मीठो भोजन प्राप्त हुनेछ रहनुहुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): व्यवसायबाट लाभ हुने समय छ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । व्यापारमा फाइदै हुनेछ । भौतिक साधन जुट्नेछन् । प्राकृतिक पर्यावरणमा मन आकर्षित होला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । आनन्द वृद्धि हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्