आज मिति वि.सं.२०८० माघ २५ गते बिहीबार ई.सं.२०२४ फ्रेवरी ०८ नेपाल सम्बत ११४४ पोहेलागा त्रयोदशी, नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, माघ कृष्ण त्रयोदशी, चन्द्रमा धनु राशिमा, उत्तरषाढा नक्षत्र, सिद्धि योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०६:४६ बजे भयो भने सूर्यास्त साँझ ०५:४९ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्ने योग रहेको दिन छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्ला । प्रतिस्पर्धामा विजयी भइनेछ । केही मात्रामा दौडधुप र जोखिम बढ्न सक्छ, सावधान रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । सृजनात्मक काममा सफलता मिल्नेछ । सन्तान पक्षले सुख दिलाउलान् ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): भाग्योन्नतिको समय छ । पहिलेको सफलताले थप हौसला जगाउनेछ भने ब्यवसायमा लाभ होला । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । स्वादिष्ट भोजनको आनन्द पाइएला । सामान्य अस्वस्थताको अनुभूति होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने समय छ । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था आउन सक्छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । तथापि, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिने योग छ । रसरागमा रुचि बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अध्ययनमा प्रगति हुने र चिताएको कामसमेत सम्पादन हुने समय छ । पहिलेका कमजोरीलाई सुधार्ने मौका मिल्ला । जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । तथापि, विवादमा परिने योग रहेकोले सचेत रहनुहोला । खेलकुद भ्रमणमा रुचि बढ्ला । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यस्तता बढ्नेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । नयाँ काम गर्ने अवसर प्राप्त होला । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । मेहनतले सम्मानित स्थान दिलाउला । नचिताएको ठाउँबाट धन आर्जन हुनाले मन हर्षित होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्ने योग पनि छ, सचेत रहनुहोला । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । सन्तानको सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ होला । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने योग छ । तर, स्वास्थ्य कमजोर रहनाले जोशजाँगरमा कमी आउन सक्छ । योजना र बजेट बनाएर मात्र काम गर्नु हितकर हुनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ भने प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । आर्थिक पक्ष सुदृढ रहला । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । कीर्तिमानी काम सम्पादन होला । आरोग्यता वृद्धि होला । शुभ काममा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगति होला । सहयोगीहरूले आज साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुने योग छ । मिठो भोजन प्राप्त हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्ला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुने समय छ । टाढाको यात्रा हुने देखिन्छ, तर अनावश्यक यात्रालाई टार्नु हितकर होला । आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ उठाउन सकिनेछ । आयआर्जन राम्रै रहला । नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कर्मबल वृद्धि हुनेछ । काममा पारिवारिक सहयोग प्राप्त हुनेछ, तर दोधारको अवस्था सिर्जना होला । स्वास्थ्य सामान्य कमजोर रहला । पहिलेका कमी–कमजोरीलाई सुधार गर्ने मौका छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ । मित्रजनको सहयोग रहला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कर्मबल बढ्नेछ, तर आजको दिन बोलीको विपरीत अर्थ लाग्न सक्ने भएकोले तौलेर बोल्नु उचित हुनेछ । सहयोगीहरू प्रशस्तै भेटिनेछन् । राम्रै धन आर्जन हुनेछ । आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । शत्रुलाई जीत्ने सामर्थ्य बढ्ला ।
तपाईको दिन शुभ रहोस्
प्रतिक्रिया दिनुहोस्