प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता,के भयो कुराकानी?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०८०, मंगलवार
1 Min Read
Aa

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सङ्घीय संसद्मा विचाराधीन विभिन्न विधेयकलाई निष्कर्षमा लैजानेलगायत विषयमा छलफल भएको थियो।

- Advertisement -
Ad imageAd image

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार दुइ नेताबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको हो।

सो अवसरमा प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घीय महासभाको सहभागिता र चीन भ्रमण, विचाराधीन विभिन्न विधेयकका सम्बन्धमा छलफल भएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्