गाई हत्याको विषयलाई लिएर समाजलाई द्वन्द्वमा फसाउने षड्यन्त्र भएको छ: ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ भाद्र २०८०, बिहीबार
1 Min Read
Aa

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गाई हत्याको विषयलाई संवेदनशील बनाउनु नहुने बताएका छन् ।

बिहीवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुको प्रश्नको संक्षिप्त जवाफ दिँदै अध्यक्ष ओलीले गाई हत्याको विषयलाई संवेदनशील बनाउनु नहुने बताएका हुन् ।

- Advertisement -
Ad image

उनले यस घटनालाई लिएर नेपाली समाजलाई भड्काउने र द्वन्द्वमा फसाउने षड्यन्त्र भइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताए । उनले यस प्रकारको क्रियाकलाप कसैले गर्नु नहुने बताए ।

उनले भने, ‘यसलाई धेरै सेन्सेटिभ बनाउनु हुँदैन । यो राम्रो कुरा होइन । यो अनेक ढंगले नेपाली समाजलाई भाड्ने, भड्काउने, द्वन्द्वमा फसाउने षड्यन्त्र भइराखेको छ । यस्ता कुराहरुबाट नेपाली समाज सजग हुनुपर्दछ । यस्ता नचाहिदा खालका क्रियाकलाप कसैले पनि गर्नुहुँदैन ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्