भदौ ०५ गते शुक्रबारको तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ भाद्र २०८३, शुक्रबार
7 Min Read
Aa

आज मिति वि. सं. २०८३ भाद्र ०५ गते शुक्रबार ई. सं. २०२६ अगस्त २१ नेपाल सम्बत ११४६ गुलाथ्व नवमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल पक्ष नवमी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, वैधृत, योग, बालव करण । आज बिहान ५ बजेर ३७ मिनेटमा काठमाडौं उपत्यकामा झुल्किएको घाम साँझ ६ बजेर ३८ मिनेटमा अस्ताउनेछ ।

 

- Advertisement -
Ad image

आजको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– आजको दिन केही चुनैतीयुक्त रहला । चिताएको विशेष काममा ढिलासुस्ती हुनेछ । अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला, सजग रहनुपर्नेछ । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । स्वास्थ्यगत सामान्य समस्याले सताउन सक्छ । प्रतिकुलताका बाबजुद यशवर्चश्व बढ्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– शुभता बढेर रोकिएको काम बन्नेछ । सामथ्र्यवृद्धि होला । व्यापार–व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । तथापि, जीवनसाथीलाई केही पीडा हुने योग छ । स्वास्थ्यबाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिनसक्छ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । भौतिक साधनहरू जुट्नेछन् । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा होला । नयाँ उद्योग वा विशेष काम सुरु गर्न सकिनेछ । राजनीतिक पहुँच बढ्नेछ भने कुनै नयाँ काम प्रारम्भ हुने देखिन्छ । ब्यापारबाट राम्रै धनलाभ हुनेछ दौडधुप बढेपनि आर्थिक समस्या समाधान हुनेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– विभिन्न अवसरले पछ्याउने र सन्तान एवम् अनुयायीले पनि प्रशन्नता दिलाउने समय छ । रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । पठनपाठनमा राम्रो प्रगति हुनेछ । मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ । दाम्पत्यसुख बढ्नेछ, पारिवारिक समस्याको समाधान मिल्नेछ । तर, घर–जग्गासम्बन्धी किचलोमा पर्ने तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ, सजग रही व्यवहार गर्नुहोला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– आजको दिन घरखर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ । दैनन्दिन कार्यमा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले ठाउँ ओगट्न सक्छन् । सबल स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनुहोला । प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्ने समय छ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– आजको दिन पारिवारिक सम्बन्ध अलि कमजोर बन्न सक्छ । दैनिक क्रियाकलापमा असन्तुलन आएको अनुभूति होला । चोटपटक लग्नसक्ने या हाड–जोर्नीमा समस्या आउने योग रहेकोले हिँडडुल गर्दा, सवारीसाधनको प्रयोग र हातहतियार चलाउँदा विशेष सावधानी अपनाउनुहोला । आर्थिक समस्या समाधान हुने देखिन्छ । प्रेमभाव वृद्धि हेला । आफन्त एवम् मित्रजनको साथ मिल्नेछ । साहस बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ने समय छ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने राम्रै धनलाभ पनि हुन सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण रहला । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइने योगसमेत रहेकोले विशेष सावधानीको दरकार छ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– आजको दिन रोकिएका काम बनी नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा नै हुनेछ । तर, समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने योग छ । पराक्रम बढ्नेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– मिश्रित फलदायी समय छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ, तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । राजनीतिक पहुँच वृद्धि हुने देखिन्छ । अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइएला । मान–सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । धार्मिक काममा बाधा सृजना हुन सक्छ । भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ, सन्तुलित व्यवहारले शान्ति दिलाउला । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– आजको दिन प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनुका साथै मंगलमय काम सम्पादन हुने देखिन्छ । काममा आफन्तको सहयोग जुट्ला । राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ । आम्दानी बढ्नाले उत्साह थपिएला । तर, आफ्नै कमजोरीले हातमा आएको राम्रो अवसर गुम्न सक्ने योग छ, सजग रहनुहोला । खराब व्यक्तित्वको संगतले मान–सम्मानमा चोट पुग्ने सम्भावना छ । स्वास्थ्य केही कमजोर रहन सक्छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– आजको दिन सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिने समय छ । आत्मीय जनसँग भेटघाट होला । व्यवसाय र उद्योगधन्दामा राम्रै फाइदा मिल्नेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर होला । आरोग्यबल बढ्नेछ । रसराग तथा मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक र कलात्मक काममा सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– दिन उल्लासपूर्ण रहला । प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई विशेष फाइदाको दिन रहेको छ । यात्राबाट धनलाभ हुनसक्छ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला । भूमिसम्बन्धी कारोबारबाट राम्रै फाइदा मिल्नेछ । आयबल बढ्नाले सुख वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्