असार ०२ गते मंगलबारको तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ असार २०८३, मंगलवार
7 Min Read
Aa

आज मिति वि. सं.२०८३ साल असार ०२ गते । मंगलबार । इस्वी सन् २०२६ जुन १६ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । जेठ शुक्लपक्षको प्रतिपदा तिथि । आज अपरान्ह ३ बजेर १७ मिनेटदेखि बेलुकी ५ बजेर १५ मिनेटसम्म राहुकाल रहने हुनाले कुनै पनि शुभकार्य नगर्नुहुन अनुरोध छ ।

आजको राशिफल

- Advertisement -
Ad imageAd image

 

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– मिश्रित फलदायी समय छ । कामकै पछि लागे पनि पूर्णता हासिल गर्न कठिनाइ पर्ला । नियमित काममा पनि अवरोध आइपर्न सक्छ । आजको दिन आर्थिक कारोबार नगर्नु हितकर होला । परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ, तथापि सामथ्र्यमा कमी नआउला । साहसिक काममा आकर्षण बढ्नेछ । यशवर्चश्व बढ्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– त्यसै-त्यसै अलमलमा परिने खालको समय छ । सोचेअनुसार काम बन्न कठिन हुने देखिन्छ । दोधारेपनका कारण महत्वपूर्ण कामहरू अधुरै रहन सक्ने योग भएकोले प्राथमिकताका आधारमा कार्ययोजनामा केन्द्रित रहनु उचित होला । सहयोगीहरूको राम्रै साथ रहनेछ । पारिवारिक समस्याको समाधान हुनेछ । सन्तान एवम् अनुयायीहरूबाट सुख मिल्ने दिन छ । सुख-सुविधाको बस्तु खरिदमा खर्च केही बढ्न सक्छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– शुभदायी समय छ । आर्थिक लाभ मिल्नुका साथै व्यापार–व्यवसायमा विशेष फाइदा हुनेछ भने साझेदारीमा पनि लाभ होला । पारिवारिक सुख मिल्नाले आत्बल पनि बढ्ने देखिन्छ । बौद्धिक कर्ममा विशेष सफलता मिल्ला । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ । मित्रजनका साथ मिठो भोजन प्राप्त हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा सरिक भइएला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– आकस्मिक रूपले सफलता वा असफलता मिल्ने मिश्रित फलदायी समय छ । पैतृक सम्पतीबाट लाभ हुनुका साथै धर्मिक कार्यमा संलग्न हुने अवसर जुर्ला । आर्थिक कारोबार हुनसक्छ । कुनै नयाँ सामान खरिद गर्ने योग देखिन्छ । मित्रहरू अकारण टाढिन सक्छन्, संयमपूर्ण व्यबहार गर्नुहोला । प्रेमभावका साथ दाम्पत्यसुख बढ्नेछ । यात्रागत कार्यमा आंशिक सफलता प्राप्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– चुनौतीयुक्त समय छ । शारीरिक तथा मानसिक आलस्यता बढ्नेछ भने विवाद र झैझगडाको योग भएकोले विशेष सतर्कताको आवश्यकता देखिन्छ । महत्वपूर्ण कामहरू अधुरै रहन सक्छन् । स्वास्थ्यले पनि साथ नदिन सक्छ । तर आत्मविश्वासमा कमी आउने छैन । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । यात्रागत कार्य पनि बन्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– नियमित कार्यमा पूरै मिहेनत लगाएपनि काममा बाधा गर्नेले खासै प्रगति हुन नदिने समय छ । घर–परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउन सक्छ । महत्वपूर्ण कामहरु अधुरै रहनाले मन खिन्न रहला । घरपरिवारबाट खासै सहयोग पाइने छैन । तथापि, प्रेमभाव वृद्धि र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आफन्तमिलनले सुख प्रदान गर्ला । मित्रजनको साथमा मिठो भोजन प्राप्त हुने देखिन्छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– रोकिएको काममा सफलता मिल्ने तथा इष्टमित्रको साथ-सहयोग प्राप्त हुने समय छ । दाम्पत्यजीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल एवम् मठ-मन्दिरको भ्रमण हुनसक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने देखिन्छ । रोकिएका कामहरु पूरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुनेछ । मिठो भोजन प्राप्ति र आमोदप्रमोदको भाव वृद्धि हुने योग छ । समग्रमा दिन रमाइलोसँग बित्ला ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– महत्वपूर्ण कार्यमा सफलता मिल्ने समय छ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण रहला । सामाजिक एवम् परोपकार कार्यमा संलग्न हुनुपर्ने देखिन्छ । सोच्दै नसोचेको ठाउबाट आर्थिक लाभ हुने सम्भावना छ । पराक्रम बढ्नेछ । बौद्धिक एवम् रचनात्मक काममा विशेष सफलता मिल्ला । आरोग्यबल बढ्नेछ । आफन्तको साथ एवम् परिवारिक सुखले उत्साह वृद्धि होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– गरेका कार्यहरु सहजै नबन्ने र बनिहाले पनि मेहनत गरेअनुसारको फल प्राप्त नहुने समय छ । सन्तानपक्षबाट चाहेजस्तो सहयोग नपाउँदा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्यगत समस्या आउने योग रहेकोले खानपानमा विशेष ध्यान दिनु हितकर हुनेछ । सभा–समारोहमा सरिक हुने अवसर जुर्ला । सामाजिक कार्यले प्रतिष्ठा बढाउनेछ । प्रतिष्पर्धी परास्त हुनेछन् । मित्रजनको सहयोगले समस्याको समाधान हुने देखिन्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– नियमित कार्यमा जोस-जाँगर बढ्नुका साथै विशेष उपलब्धि हासिल हुनसक्ने समय छ । मित्रजनहरू र आफन्तको पनि साथ-सहयोग मिल्नाले रोकिएका कामहरू बन्न थल्नेछन् । प्रयासअनुसारको कार्य हुनुका साथै आइपरेका जस्तोसुकै समस्याको समाधान हुनेछ । धनलाभको योग छ । आरोग्यबल वृद्धि होला । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ । रसरागका क्रियाकलपमा आकर्षण बढ्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– धैर्यको मात्रा बढाउन सके धेरै राम्रो समय छ । नियमित काममा जाँगर वृद्धिका साथै उपलब्धिपूर्ण कार्यको अवसर जुर्न सक्छ । आर्थिकलाभका साथै प्रतिष्ठा आर्जनको योग छ । दीगो लाभ हुने कार्यमा लगानीको अवसर जुर्नसक्छ । मित्रजनका साथ रमाइलो यात्रा हुने देखिन्छ । जस्तोसुकै समस्याको समाधान खोज्न सकिनेछ । पारिवारिक सुखशान्ति बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– मित्रजन एवम् घरपरिवारका सदस्यहरूबाट सुख–शान्ति मिल्ने समय छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । अधुरा कामहरू बिस्तारै बन्न थाल्नेछन् । यात्राको लागि उचित समय रहेको देखिन्छ, लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । व्यावसायिक कार्यमा भने केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । विपरीतलिंगी मित्रको साथ–सहयेगबाट कार्यगति बढ्ने योग छ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्