जेठ २७ गते बुधबारको तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ जेष्ठ २०८३, बुधबार
6 Min Read
Aa

आज मिति वि. सं.२०८३ साल जेठ २७ गते । बुधबार । इस्वी सन् २०२६ जुन १० तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ कृष्णपक्षको दशमी तिथि । आज दिउँसो १२ बजेर ३ मिनेटदेखि १ बजेर ४६ मिनेटसम्म राहुकाल रहने हुनाले कुनै शुभकार्य गर्न नहुन अनुरोध छ । आज बिहान बिहान ५ बजेर ९ मिनेटमा काठमाडौँ उपत्यकामा झुल्किएको घाम बेलुकी ६ बजेर ५७ मिनेटमा अस्ताउने छ ।

 

- Advertisement -
Ad imageAd image

आजको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– नियमित दैनिकीमा परिवर्तन नआएपनि मित्रजनसँगको भेट र आर्थिक उन्नतिका लागि गरिएको छलफलले उत्साह जगाउने समय छ । साहसिक कर्ममा विशेष आकर्षण रहला । प्रेमभाव बढ्नेछ भने सन्तान पक्षबाट सुख प्रािप्त हुनेछ । स्वास्थ्य सामान्य रहनेछ । कुनै नयाँ योजनाबारे सोचिरहनुभएको छ भने त्यसले कार्यान्वयनको चरणमा प्रवेश पाउने याोग छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– व्यस्तता बढेपनि रोकिएका काम अघि बढ्नाले मनमा सन्तुष्टिको भाव रहने समय छ । रोकिएको काम मिहिनेतले अघि बढ्लान् । बौद्धिकता–रचनात्मकताका साथ सामथ्र्य वृद्धि हुनेछ । आरोग्यता रहनेछ । लामो यात्राका लागि अनुकल समय छ । सुख–सुविधाको बस्तु खरिदमा खर्च केही बढ्न सक्छ । योजना र बजेट बनाएर मात्र आर्थिक ब्यवहार गर्नु हितकर हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– पराक्रम वृद्धि भइ रोकिएका कामले गति लिने समय छ । सहयोगको आशा देखाउनेले साथ नदिन सक्छन्, तर आफ्नै प्रयत्नले कामलाई निरन्तरता दिन सकिनेछ । गीतसंगीत र रसरागात्मक क्रियाकलापमा विशेष आकर्षण रहला । मित्रजनको साथ मिठो भोजन प्राप्त हुने देखिन्छ । सुख बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धिको समय छ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिएला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सहयोगीहरू जुट्नाले जस्तोसुकै जटिल कामबाट पनि फाइदा उठाउन सकिएला । घरखर्चमा केही वृद्धि हुने योग छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । आफन्तजनको साथ–सहयोग प्राप्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– रोकिएका काममा पुनः प्रयास गर्दा सफलताा मिल्ने दिन छ । तथापि, नाता–सम्बन्ध गाँसेर फाइदा उठाउन खोज्नेहरूले सताउन सक्छन्, सजग रहनुहोला । आरोग्यबल बढ्नेछ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइएला । मिठो भोजन प्राप्ति र नियमित कार्यमा जाँगर वृद्धि हुनेछ । कुनै पनि प्रकारको शारीरिक तथा आर्थिक विकाससित सम्बन्धित कार्य सर्थक रहने योग छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– मिश्रित फलदायी समय छ । कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन् । अनावश्यक तर्कले विवाद निम्त्याउन सक्छ, बोली–व्यवहारमा सजग रहनुहोला । हिसाबकिताबमा सावधान नहुँदा आर्थिक विवादमा परिने योग छ । साझेदारीको काम बन्नेछ ।सुख विलासमा मन जाला । मिठो भोजन प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– नियमित कार्यमा अनुकूलता वृद्धि भइ लाभ मिल्ने समय बन्नेछ । नयाँ आयस्रोत सिर्जना हुनसक्ने योग छ । इष्टमित्रको सहयोगले रोकिएको काम अघि बढ्नेछ । परिवारजनमा आपसरी सौहाद्र्धता वृद्धि भइ खुशीको माहोल बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ भने यात्रागत कार्यमा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव वृद्धि हुनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– मिश्रित फलदायी दिन छ । लामो समयदेखि बिछोडिएका मित्रसँग भेटघाट हुनसक्छ । बौद्धिक तथा रचनात्मक कामकाजले तीव्रता लिएपनि नियमित कार्यमा भने खासै उत्साह नरहला । पारिवारिक समस्याको समाधान मिल्नेछ । सन्तानपक्षबाट सुखप्राप्तिको योग छ । यात्रापरक काममा आंशिक सफलता मिल्नेछ । आर्थिक विषयको प्रश्नले सताउन सक्छ । धैर्यसाथ समस्याको समाधान खोज्नु उचित हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– भाग्यबल र शुभता बढ्नेछ । आजको दिन पराक्रम वृद्धिका साथ शत्रुमाथि विजय प्राप्त हुनेछ । रचनात्मकता बढ्नेछ भने विवेकको सही प्रयोगले समस्याको समाधान प्राप्त हुनेछ । सामाजिक कार्यले प्रशंसा र प्रतिष्ठा बढाउल । प्रतिष्पर्धीमाथि विजय प्राप्त हुनेछ । आर्थिक कार्यमा विशेष सफलता मिल्नेछ । आफन्तको साथले उत्साह वृद्धि गराउला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– आजको दिन व्यस्तता तथा दौडधुप बढ्नेछ । लामो समयदेखि रोकिएका काम मिहेनतले अघि बढ्न सक्छ । काममा मित्रजनको सहयोग प्राप्त हुनेछ । विपरीतलिंगी साथीबाट विशेष साथ मिलेको अनुभूति होला । मनोकूलता वृद्धिका साथै रसरागमा आकर्षण रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– कर्मबल वृद्धि र उन्नति–पदोन्नतिको समय छ । नियमित कार्यमा लगाव रहला । आरोग्यबल वृद्धि हुनेछ भने दाम्पत्यसुख रहनेछ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक, रचनात्मक तथा कलात्मक काममा मिलेको सफलताले उत्साह बढाउनेछ । पारिवारिक सुखशांति बढ्ने योग छ । यात्रागत कार्यलाई भने अजको दिन सकभर थाती राख्नु उचित हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– आंशिक सफलताको दिन छ । महत्वपूर्ण कार्ययोजना थाती राखेर सानातिना काममा ध्यान लगाउनु उचित होला । मित्रजनबाट हौसला मिल्नेछ तर आर्थिकरूपले आजको दिन खासै सफलतादायी नरहने देखिन्छ । मिठो भोजन प्राप्तिले मन आनन्दित तुल्याउनेछ । स्वास्थ्य सबल रहनेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्