जेठ २१ गते बिहीबारको तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ जेष्ठ २०८३, बिहीबार
6 Min Read
Aa

आज मिति वि. सं.२०८३ साल जेठ २१ गते । बिहीबार । इस्वी सन् २०२६ जुन ४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ कृष्णपक्षको चतुर्थी तिथि । दिउँसो १ बजेर ४५ मिनेटदेखि ३ बजेर २८ मिनेटसम्म राहुकाल रहने हुनाले शुभकार्य नगर्नु हुन अनुरोध छ । आज बिहान ५ बजेर १० मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ५४ मिनेटमा अस्ताउनेछ ।

 

- Advertisement -
Ad imageAd image

आजको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– व्यापार व्यवसायमा विशेष प्रगति हुने समय छ । नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिनेछ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आरोग्यबल वृद्धि होला । प्रेम र मित्रताको बन्धन कसिएर जानेछ । पढाइलेखाइमा सुधार होला । मिठो भोजन प्राप्तिले सुख बढ्नेछ । खेलकुद एवम् भ्रमणमा आकर्षण रहला । गीतसंगीत एवम् रसरागात्मक क्रियाकलापमा मन जानेछ । आरोग्यबल बढ्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । परिवारजनसँग आत्मीयता बढ्नेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । आजको दिन विश्वास गरेका पात्रले धोका दिन पनि सक्छन्, होसियार रहनुहोला । रोकिएको काम मिहेनतले बन्नेछ । आरोग्यबल बढ्नेछ । शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– व्यापार तथा आर्थिक क्रियाकलापमा राम्रै फाइदा हुने समय छ । तथापि, आर्थिक अभावले चाहिँ सताउन सक्छ । व्यवसायमा केही उतारचढाव आउला । स्वास्थ्यसम्बन्धी सामान्य समस्या आइपर्न सक्छ, सतर्क रहनु हितकर होला । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता आउला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने समय छ । धैर्यले काम लिने प्रयास गर्नुहोला । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर मिल्ने योग छ । नाता–कुटुम्बको विशेष सहयोग रहनेछ । व्यापार–व्यवसाय विस्तार होला । कृषिकर्म र चौपायाबाट पनि राम्रै लाभ हुनेछ । खर्च केही वृद्धि होला, तर काम बन्नेछ । बौद्धिक काममा विशेष सफलता मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– रोकिएका काम सुरु हुनेछन् भने गरेका कामबाट राम्रै लाभ हुने समय छ । श्रमको उचित मूल्यांकन होला । सन्तान पक्षबाट सुख मिल्ने योग छ । वौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्य अघि बढ्न सक्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– आजको दिन रोजगारीमा बाधा आइपर्नुका साथै प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने सम्भावना छ, सजग रही ब्यवहार गर्नुहोला । तथापि, आफन्तको साथबाट आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । कर्मबल बढ्नेछ । साझेदारीको काम बन्नेछ । सुख–विलासको भाव जागृत होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– धेरै परिश्रम गरेपनि थोरै लाभ मिल्ने समय छ । छरछिमेकमा केही असमझदारी बढ्ने योग छ, तर समाधान भने हुने नै देखिन्छ । घरखर्च केही बढ्नेछ । पति–पत्नीबीच असमझदारी बढ्न सक्छ, बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । आयआर्जनको कमीले वादविवादको सम्भावना छ । धर्मकर्मले काम बन्नेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– व्यस्तता बढ्नुका साथै काममा जोखिम वृद्धि हुने समय छ । स्वास्थ्यगत समस्याले केही सताउन सक्छ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन्, सावधान रहनुहोला । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने सम्भावना छ । खर्च पनि बढ्नेछ । बौद्धिक तथा रचनात्मक काममा आंशिक सफलता मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– परोपकार तथा समाजसेवामा विशेष लगाव रहने समय छ । धार्मिक समारोहमा सरिक हुने अवसर जुर्ला । कार्य–ब्यवहार निर्वाहका क्रममा नयाँ शिप तथा ज्ञान प्राप्त हुने देखिन्छ । पढाइलेखाइमा प्रगति होला । यात्रा उपलब्धिमूलक बन्नाले काममा उत्साह जाग्नेछ । सन्तानपक्षबाट सुख मिल्नेछ । बौद्धिकताको माध्यमबाट कुनैपनि समस्याको समाधान प्राप्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिने र नयाँ योजनामा अघि बढ्न सकिने समय छ । परिश्रमको राम्रो मूल्यांकन होला । वैदेशिक क्षेत्रबाट लाभ उठाउन सकिनेछ । चिताएको काम बन्ने योग रहेकोले महत्वपूर्ण कामहरू कार्यान्वयनमा लैजानु हितकर हुनेछ । वैदेशिक रोजगारीको काममा भने केही समस्या आउने योग छ । रसरागमा आकर्षण रहला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– मिश्रित फलदायी दिन छ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आरोग्यबल बढ्नुका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सरिक हुने अवसर जुर्ला । तर, पारिवारिक समस्याहरू देखापर्ने सम्भावना छ । मित्रजनसँग मनमुटावको योग छ । विश्वासमा पारेर धोका दिनेहरू सल्बलाउनेछन्, सजग रहनुहोला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने समय छ । आयआर्जनका नयाँ स्रोतहरू थपिनेछन् । ब्यस्तता वृद्धिका बीच कामको दायित्व बढ्नेछ । मानसम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जागृत होला । साथीभाइको सहयोग प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्