जेठ १६ गते शनिबारको तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ जेष्ठ २०८३, शनिबार
7 Min Read
Aa

आज मिति वि. सं.२०८३ साल जेठ १६ गते । शनिबार । इस्वी सन् २०२६ मे ३० तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ शुक्लपक्ष चतुर्दशी तिथि । बिहान ८ बजेर ३६ मिनेटदेखि बिहान १० बजेर १९ मिनेटसम्म राहुकाल रहने हुनाले शुभ कार्य गर्न नहुने । आज बिहान ५ बजेर ११ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ५२ मिनेटमा अस्ताउनेछ ।

 

- Advertisement -
Ad imageAd image

आजको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– आफन्त र मित्रजनबाट सहयोग तथा हौसला मिल्ने समय छ । एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । लाभका कार्यमा दौडधुप वृद्धि हुनेछ । उन्नति पदोन्नतिको योग छ । यश–वर्चश्व बढ्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– नयाँ कामको प्रस्ताव आउने तथा विगतको सफलताले थप काम गर्न हौसला मिल्ने समय छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ । मनोरन्जनमा अधिकांश समय ब्यतीत भएर जाने देखिन्छ । मनोरञ्जनपूर्ण यात्राको सम्भावना छ । वित्तादि लाभ पनि प्राप्त होला । दाम्पत्यसुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । सफलताका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । ब्यापार ब्यवसायमा फाइदा हुनुका साथै गरिँदै आएको काममा थप जाँगर पलाएर आउनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रै लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति होला । आरोग्यबल बढ्नेछ । बौद्धिक तथा रचनात्मक कार्यमा मन जानेछ । कुनैपनि समस्यामा साथीभाइको सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– मिश्रित फलदायी दिन छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिने र बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिएला । सकारात्मक परिणामका लागि व्यस्तता बढ्ने देखिन्छ । तथापि, श्रमको समुचित मूल्यांकन नहुन सक्छ, नियमित आम्दानीमा पनि बाधा पुग्ने योग छ, सावधान रहनुहोला । केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । आजको दिन अनावश्यक यात्राबाट जोगिनु उपयुक्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– केही चुनौती बढ्ने र सानातिना काममा समय बित्ने दिन रहेको छ । कामका लागि गरिएको भ्रमणमा समय मात्रै बित्न सक्छ । नसोचिएका समस्या थपिन सक्छन्, सजग र संयम रहनु हितकर होला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । चुनौतीका बाबजुद जटिल काम सम्पादन हुनसक्ने योग छ । जमिनसम्बन्धी व्यवसायमा विशेष फाइदा उठाउन सकिनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– सुखदायी दिन छ । परोपकारजन्य क्रियाकलापमा मन जानुका साथै मंगलमय कृत्य सम्पादन गर्न सकिनेछ । तीर्थाटनको अवसर प्राप्त हुने देखिन्छ । बोली र व्यक्तित्वको प्रभावले प्रशंसकहरू बढ्नेछन् । नियमित कार्यमा सहयोगीहरूले राम्रो साथ दिनेछन् । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । पराक्रम वृद्धिका साथै उन्नति पदोन्नति हुने देखिन्छ । आरोग्यबल बढ्ला । सुख विलासको अवस्था रहने योग छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । आमाबाट आएको धनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ । शरीर उत्साहित र उमङ्गित रहने देखिन्छ । स्वास्थ्य सबल रहनेछ । तथापि, परिवारमै असमझदारी बढ्न सक्ने योग छ, सजग रही व्यवहार गर्नुहोला । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने र कामले धेरैको मन लोभ्याउन सकिने समय भएपनि आँटेको महत्वपूर्ण काम समयमा पूरा नहुन सक्छ । पढाइलेखाइमा त्यत्ति मन नजाला । धेरै लगानीपछि कम प्रतिफल पाइने योग छ । चोरी वा ठगीमा परिने सम्भावना रहेकोले सजग रहनुहोला । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु हितकर हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– काम बिग्रने डरले सताएपनि एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । पठन–पाठनमा प्रगति हुनुका साथै गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउला । आर्थिक पक्ष सुदृढ बन्नेछ भने न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । रोकिएको काम अघिबढ्ने योग छ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– आजको दिन पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति होला । पराक्रम वृद्धिले शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता तथा रचनात्मकता बढ्नाले जस्तोसुकै समस्याको समाधान प्राप्त हुनेछ । टाढिएका आफन्तहरू नजिकिनेछन् । घरै बसेर विभिन्न काम सम्पादन गर्न सकिएला । हाँसखेल तथा मनोरञ्जनमा समय बित्ने योग छ । खेलकुद, भ्रमण एवम् रसरागमा आकर्षण बढ्नेछ । अरूका विषयमा चासो लिँदा विवादमा परिने सम्भावनाप्रति सजग रहनुहोला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– अनावश्यक दौडधुपमा समय बित्ने सम्भावना छ, योजना बनाएर मात्र कार्यफाँटमा उत्रनु उचित होला । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइने योग छ । तपाईंको अधिकारक्षेत्रभित्रका विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ने देखिन्छ । सरकारी कडिकडाउको सिकार भइने सम्भावनामाथि विचार गर्दै संयमपूर्ण व्यवहार गर्नु हितकर हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । कल्पना र भावनामा केन्दित भइनेछ भने बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नु हितकर होला । विद्यामा कमजोरी र लेनदेनमा विवादको योग छ । व्यावसायिक काममा पनि समस्या आउन सक्छ । प्रतिकुलतामा पनि आत्मीयजनसँग भेटघाट हुनाले मन प्रशस्नन रहन सक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्