आजको मौसम: देशभर बदली र वर्षाको सम्भावना, काठमाडौँ उपत्यकामा थप वर्षा हुने सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ बैशाख २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौं – नेपालको वर्तमान मौसमी अवस्थामा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा विकसित भएको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ।

यस मौसमी प्रणालीका कारण हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली हुनुका साथै अन्य प्रदेशहरूमा पनि आंशिक बदलीको अवस्था रहेको छ। विशेषगरी कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

- Advertisement -
Ad imageAd image

आज दिउँसो कोशी प्रदेश लगायत अन्य प्रदेशका हिमाली र पहाडी भूभागमा मौसम साधारणतया बदली रहने देखिन्छ भने तराईका क्षेत्रमा आंशिक बादल लाग्ने सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा र बाँकी प्रदेशका केही पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको प्रक्षेपण गरिएको छ। तराईका एक-दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन भनिएको छ।

यो क्रम रातिको समयमा पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ।

काठमाडौँ उपत्यकामा बिहानैदेखि मौसम बदली र वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज (मंगलबार) दिनभर नै काठमाडौँ उपत्यकामा मौसम खुल्ने सम्भावना कम छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्