आज मिति वि.सं.२०८३ साल वैशाख २८ गते । सोमबार । इस्वी सन् २०२६ मे ११ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । जेष्ठ कृष्णपक्ष । तिथि–नवमी, १३ घडी १३ पला, बिहान १० बजेर ३७ मिनेट उप्रान्त दशमी । नक्षत्र–शतभिषा, ३९ घडी ५९ पला, बेलुकी ९ बजेर १९ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–ऐन्द्र, ४० घडी २० पला, बेलुकी ९ बजेर २८ मिनेट उप्रान्त वैधृती । करण–गर, बिहान १० बजेर ३७ मिनेट उप्रान्त वणिज, बेलुकी १० बजेर २८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–कुम्भ ।
आजको राशिफल
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– कर्मबल वृद्धि हुन वृद्धि हुने र साथीभाइले काममा सहयोग जुटाउने समय छ । विपरीतलिंगीहरूको माध्यमबाट विशेष लाभ होला । प्रेम र मित्रताको बन्धन कसिने देखिन्छ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । दोहोरÞ्याएर प्रयत्न गरे रोकिएका काम बन्नेछन् । परिवारिक भेटघाटले मन आनन्दित रहला । स्वास्थ्य सबल रहनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– विशेष अवसर प्राप्त भए पनि इर्ष्या गर्नेहरूले दुःख दिनसक्ने समय छ । आफ्नाबाटै धोका मिलेको अनुभूति होला । अनायसै खर्च बढ्न पनि सक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहने देखिन्छ । धनमाल हराउने, चोरी वा ठगीमा परिने योग रहेकोले सजगताको दरकार छ । सबल स्वास्थ्यका लागि सावधानी अपनाउनु हितकर होला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– दौडधुप बढ्ने र आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । आशा देखाउनेहरूले फसाउन सक्छन् । अर्थअभावले काम रोकिने सम्भावना छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । आजको दिन ठूला ब्यक्तिबाट मानसम्मान प्राप्त हुने योग पनि छ । मित्रहरूको साथ मिष्ठान्न भोजन प्राप्त होला । नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिने देखिन्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– विशिष्ट व्यक्तित्वको सहयोगबाट विशेष अवसर मिल्ने समय छ । दिगो आम्दानी हुने काम सुरु हुनेछ । नसोचेको ठाउँबाट धनलाभ हुने योग छ । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । तथापि, परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्ने सम्भावना रहेकोले बोली र व्यवहारमा विशेष सावधानी अपनाउनु हितकर होला । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजताको अनुभूति होला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्ने समय छ । आर्थिक अभावले सताउन सक्छ । आजको दिन यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा विशेष सजगता अपनाउनु हितकर हुनेछ । पढाइलेखाइको काममा खासै मन नजाला । चुनौतीका बाबजुद सामर्थ्य बढ्नेछ । बौद्धिक एवम् रचनात्मक कार्यमा विशेष सफलताको योग छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– आज केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । सोचेको काम समयमा नबन्नाले असन्तोष बढ्ने समय छ । स्वास्थ्य पनि केही कमजोर रहला । नियमित जिम्मेवारीका कार्य पनि स्वभाविक ढङ्गले सम्पादन गर्न नसकिने देखिन्छ । भोजभतेरको निम्तो आए पनि नियमित कामकै चिन्ताले सताउन सक्छ । प्रतिकुलताका बाबजुद परोपकारको भाव वृद्धि हुनेछ । साझेदारीको काम बन्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– मिश्रित फलदायी समय छ । तपाईंका कमी–कमजोरीप्रति मित्र एवम् आफन्तजनले टीका–टिप्पणी वा गुनासो गर्लान् । महत्वपूर्ण अवसर गुम्नसक्ने सम्भावना रहेकोले ध्यान दिएर कार्य गर्नुहोला । कठोर मेहनतले आंशिक सफलता दिलाउनेछ । सत्कार्यमा जुट्नाले पछिको लागि लाभ मिल्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ भने यात्रागत कार्यमा सफलता मिल्नेछ । इष्टमित्रको सहयोगले समस्या समाधान हुने योग छ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्ने दिन छ । कीर्तिमानी काम सम्पादन गर्न सकिएला । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने उचित समय छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । मनोरञ्जनात्मक क्रियाकलापमा मन रमाउला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– उच्च महत्वाकांक्षाका साथै आत्मविश्वासका कारण सोचेको काम पूर्ण रुपमा सम्पादन हुनसक्ने समय छ । केही खर्च लागे पनि चिताएको काम बन्ने देखिन्छ । व्यवसायमा लगानी बढाउने मौका जुर्ला । साथीभाइहरुबाट पनि फाइदा उठाउन सकिने योग छ । प्रतिद्वन्द्वीले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ । गुमेको प्रतिष्ठा लगनशीलताले दिलाउला । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रा मनोरञ्जनपूर्ण रहनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा आजको दिन मन खिन्न रहन सक्छ । अस्वस्थताका बीच कामको बोझ बढ्ने देखिन्छ । आज कुनै अवसर प्राप्त भए पनि कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना छ । गोपनीयतामा विशेष ध्यान दिनुहोला । खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ । तथापि, विपरीतलिंगी वा केही हितैषी मित्रहरूले साथ दिनेछन् । आरोग्यबल बढ्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– वौद्धिक रचनात्मक र कलात्मक काममा विशेष सफलता मिल्ने समय छ । पारिवारिक सुखशान्ति रहनेछ । तर, विशेष पदमा रहेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुनसक्ने योग छ । कुनै नयाँ योजनामा अघि बढ्दै हुनुहुन्छ भने आजको दिन थाती राख्नु उचित हुनेछ । स्वास्थ्य केही कमजोर रहन सक्छ, खानपानमा सजक रहनुहोला । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । प्रेम वा दाम्पत्यजीवन सुखद रहनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– नयाँ काममा हात हाल्ने समय आएको छ । कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा होला । आयबल वृद्धि हुनेछ भने विशेष उपहार हातलागी हुने सम्भावना छ । पढाइलेखाइमा पनि प्रगति हुने देखिन्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिनेछ । गीतसंगीत र रसरागात्मक कक्रियाकलापमा विशेष आकर्षण रहला । यात्रागत कार्य सार्थक रहनेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्