अर्थमन्त्री वाग्ले र अमेरिकाका सहायक विदेश मन्त्री एस.पॉलबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ बैशाख २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्री एस.पॉल कपुरबीच भेटवार्ता भएको छ ।मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उनीहरुबीच शिष्टाचार भेट भएको हो ।

भेटका क्रममा हालैको निर्वाचनपछि बनेको सरकार र अमेरिकी सरकारबीच सम्भावित सहकार्यका क्षेत्र, लगानी प्रवर्द्धन र द्विपक्षीय सहयोगबारे गहन छलफल भएको थियो।

- Advertisement -
Ad image

अर्थमन्त्री वाग्लेले सरकारको प्राथमिकता सुशासन, आर्थिक सुधार र गुणस्तरीय पूर्वाधार विकास रहेको उल्लेख गर्दै अनावश्यक कानून खारेज गरी लगानीमैत्री वातावरण बनाउने तयारी भइरहेको बताए। उनले पर्यटन, स्वच्छ ऊर्जा र सूचना प्रविधिमा अमेरिकी तथा गैरआवासीय नेपाली लगानी अपेक्षित रहेको पनि स्पष्ट पारे।

सहायक विदेश मन्त्री कपुरले नेपाल–अमेरिका सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै नेपालको सुधार कार्यक्रमलाई सकारात्मक रूपमा हेरिएको बताए। उनले यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन जस्ता संस्थासँग सहकार्यबाट दुवै देश लाभान्वित हुन सक्नेमा जोड दिए।

बैठकमा अर्थ सचिव डा. घनश्याम उपाध्याय, सम्बन्धित मन्त्रालयका अधिकारीहरू तथा नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट उरबोम लगायतको उपस्थिति रहेको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्