काठमाडौं – दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर तीनदिने नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । उनी आज बिहान सवा ६ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण भए ।
बालेन शाह नेतृत्वको सरकार गठन भएपछि नेपाल आउन लागेका उनी अमेरिकी सरकारका सबैभन्दा उच्च अधिकारी हुन्। सहायक विदेशमन्त्री पल अमेरिकाबाट उड्नेछन् इस्तानबुल ट्रान्जिट भएर सिधै काठमाडौं अवतरण गरेका हुन् ।
बालेन शाह नेतृत्वको सरकार गठन भएपछि नेपाल आउन लागेका उनी अमेरिकी सरकारका सबैभन्दा उच्च अधिकारी हुन्। सहायक विदेशमन्त्री पल अमेरिकाबाट उड्नेछन् इस्तानबुल ट्रान्जिट भएर सिधै काठमाडौं अवतरण गरेका हुन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी सोमबार आएर बुधबार फर्किने तालिकामा काम भइरहेको छ। नेपाल भ्रमणमा रहँदा कपुरले उच्चस्तरीय भेटवार्ता गर्ने भनिएपनि प्रधानमन्त्री बालेन शाहसँगकाे भेट तय भएकाे छैन ।
उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्नेछन् । नेपालस्थित अमेरिकी दूतावासले प्रधानमन्त्रीसँगसमेत भेटका लागि समय मागेकाे थियाे । तर बालेनले नै परराष्ट्रमन्त्रीले भेट्ने भन्दै समय नदिएकाे उनकाे सचिवालय स्राेतले बतायाे ।
स्रोतका अनुसार, अमेरिकी सहायक विदेशमन्त्रीले मंगलबार बिहान साढे नौ बजे परराष्ट्रमन्त्री खनाल र बिहान साढे १० बजे अर्थमन्त्री वाग्लेसँग सम्बन्धित मन्त्रालयमा भेटवार्ता गर्नेछन् । भेटवार्तामा एमसीसीको कार्यान्वयनलगायत नेपाल– अमेरिका द्विपक्षीय सम्बन्धका विषयमा छलफल हुने स्रोतले जनाएको छ । नेपाल भ्रमणमा रहँदा अमेरिकी सहायक विदेशमन्त्रीले पाटन दरबार स्क्वायरको पनि अवलोकन गर्ने कार्यक्रम छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२५ अक्टोबरमा दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुकलाई हटाएर सुरक्षा मामिला विज्ञ कपुरलाई नियुक्त गरेका थिए।


प्रतिक्रिया दिनुहोस्