वैशाख १२ र १३ गते नेपालमा पहिलोपटक ‘गौविज्ञान कथा’ कार्यक्रम आयोजना हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ बैशाख २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौं – गौ माताबाट निरोगी तथा समृद्ध नेपाल केवल कल्पना हैन एक अभियान हो भन्ने नारा सहित नेपालमा पहिलोपटक गौविज्ञान कथा कार्यक्रम आयोजना हुने भएको छ ।

गौसंरक्षण अभियान नेपालको आयोजनामा पवित्र पाशुपत क्षेत्रको सुमार्गी स्मृति भवन गौशालामा हुने कार्यक्रममा गाईलाई किन गौमाताको दर्जा दिइएको हो ? गौमाता र तीनका गन्तव्यहरूको आध्यात्मिक, वैज्ञानिक तथा स्वास्थ सम्बन्धि महत्त्वको के छ ? गौ कृषिबाट सम्पूर्ण खेतीलाई विषमुक्त कृषकलाई स्वाबलम्बी र राष्ट्रलाई समृद्ध गर्ने विषयमा केन्द्रित रहनेछ ।

- Advertisement -
Ad imageAd image

त्यो बाहेक गव्य उत्पादनलाई कसरी बजारीकरण गर्ने र कसरी स्वरोजगार सिर्जना गर्ने, कलियुगमा गौसेवा किन आवश्यक छ ? गौको माध्यमबाट युवा पुस्तालाई राष्ट्र सेवामा समर्पित हुन सकिन्छ भन्ने विषयमा केन्द्रित रहनेछ । नि:शुल्क सहभागी हुन पाइने यो कार्यक्रममा सहभागी भएर यसको लाभ उठाउन आयोजकले आग्रह गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्