टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ बैशाख २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौं – टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन शाह पनि समावेश भएका छन् । बुधबार सार्वजनिक सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी जिनपिङजस्ता हस्तिहरूसँगै बालेन सूचीमा अटाएका हुन् ।

टाइम म्यागेजिनले युवा आन्दोलनको जगमा पुराना नेतृत्वलाई विस्थापित गर्दै युवा प्रधानमन्त्री बन्न सफल भएकाले उनलाई सूचीमा राखेको उल्लेख गरेको छ । काठमाडौं महानगरको मेयर हुँदै तीन करोड नेपालीको नेतृत्व गर्ने हैसियतमा उनी पुगेको टाइम म्यागेजिनले उल्लेख गरेको छ ।

- Advertisement -
Ad image

सामाजिक सञ्जालमा उनको पोस्ट उल्लेख गर्दै टाइम म्यागेजिन लेख्छ,” पुराना र नयाँ सबै नेता चोर हुन् । बालेनले सामाजिक सञ्जालमा लेखेका थिए । नेपालीहरू अहिले बालेनले आफ्नो उक्त स्टाटस गलत साबित गर्ने प्रतीक्षामा छन् ।”

टाइम म्यागेजिनले प्रत्येक वर्ष विभिन्न विधामा क्रियाशील व्यक्तिहरूबाट सय प्रभावशाली सूची सार्वजनिक गर्दै आएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्