प्रधानमन्त्री बालेनले आज समानुपातिक सांसदहरुसँग छलफल गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ बैशाख २०८३, बुधबार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री बालेन शाहले आज समानुपातिक सांसदहरुसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री बालेनले सबै पार्टीको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग आज मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने भएको छ ।

बालेनले यसअघि प्रत्यक्षतर्फ निर्वाचित सांसदहरूसँग प्रदेशगत रूपमा अन्तरक्रिया गरेका थिए ।

- Advertisement -
Ad image

बालेनको सचिवालयका अनुसार जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउन यो अन्तरक्रिया गरिएको हो । कार्यक्रममा सांसदहरूले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे धारणा प्रस्तुत गर्ने बताइएको छ ।

कार्यक्रमलाई सुशासन, उत्तरदायित्व र जनमुखी शासन प्रणाली सुदृढ गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको सचिवालयले जानकारी दिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्