एमालेकी भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष बनाउने सहमति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ चैत्र २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा एमालेकी लिला भण्डारीलाई चयन गर्ने सहमति भएको छ । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच राष्ट्रिय सभाको उपाध्यक्ष पद एमालेलाई दिने सहमति भएको हो।

तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालको कार्यकाल सकिएपछि सो पद रिक्त थियो । राष्ट्रियसभा उपाध्यक्ष चयनका लागि यही चैत २३ गते निर्वाचन गर्ने तालिका छ। निर्वाचन तालिकाअनुसार यसका लागि चैत २२ गते आइतबार मनोनयन दर्ता गर्नुपर्नेछ।

- Advertisement -
Ad image

एमाले संसदीय दलका नेता प्रेम दंगालले एमालेले उपाध्यक्ष लिने सहमति भएको बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्